कोन्ज्योसोमको सार्वजनिक सुनुवाई सम्पन्न | Jana Aawaj News

कोन्ज्योसोमको सार्वजनिक सुनुवाई सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
कोन्ज्योसोमको सार्वजनिक सुनुवाई सम्पन्न : Jana Aawaj News

ललिपतुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । बुधबार वडा न.१ स्थित् चौघरेमा गाउँपालिका अध्यक्ष कृष्णमान लामा, उपाध्यक्ष राजनप्रसाद घिमिरे, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, राजनीतिकदलका प्रतिनिधि,कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी लगायत अन्य व्यक्तिहरुको उपस्थितिमा भव्यरुपमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।

स्थानीय सहभागिहरुले गाउँपालिकाले सबै वडामा विकास निर्माणको कामलाई समान रुपमा अगाडि बढाउनुपर्ने, भौतिक विकाससँगै मानविय विकास, शिक्षा, स्वास्थ्य रोजगार, गाउँपालिका र वडा कार्यालयबाट प्रदान गरिने सेवालाई सहज र अझ व्यवस्थित बनाउनुपर्ने लगायतका गुनासो राखेका थिए ।

सहभागिले राखेको प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष घिमिरेले सार्वजनिक सुनुवाइमा उठेका सवाललाई गाउँपालिकाले नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने सुझावलाई नीतिगत रुपमा नै र तत्काल सम्बोधन गर्नुपर्ने सुझावलाई तत्काल कार्यान्वयन गरी गाउँपालिकाको कामलाई अझ बढि प्रभावकारी बनाउने बताउनुभयो । समय मसयमा गाउँपालिकामा नै आएर पनि सेवाग्रँहीले सुझाव प्रदान गर्न सक्न भन्दै गाउँपालिकाका जनप्रतिनिधिले आगामी दिनमा सेवा प्रवाह र विकास निर्माणलाई थप व्यवस्थित बनाउँदै जाने विश्वास दिलाउनुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न