चिनिया नयाँ वर्ष २०२४ को अवसरमा भक्तपुरमा विशेष सांस्कृतिक प्रदर्शन | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

चिनिया नयाँ वर्ष २०२४ को अवसरमा भक्तपुरमा विशेष सांस्कृतिक प्रदर्शन

पढ्न लाग्ने समयः 3 मिनेट
चिनिया नयाँ वर्ष २०२४ को अवसरमा भक्तपुरमा विशेष सांस्कृतिक प्रदर्शन : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिकामा चिनिया नयाँ वर्ष २०२४ को अवसरमा भक्तपुरमा विशेष सांस्कृतिक प्रदर्शन सम्पन्न भएको छ ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्य तथा नेपालस्थित चिनिया राजदूत महामहिम छन सोड्डज्यूको विशेष आतिथ्यमा चिनिया नयाँ वर्ष २०२४ (ड्रयागन वर्ष) को अवसरमा सांस्कृतिक प्रदर्शनी कार्यक्रम लायकु, भक्तपुरमा सम्पन्न भएको हो ।


कार्यक्रममा प्रमुख प्रजापतिले चिनियाँ कम्युनिष्ट पार्टीका नेता सि चिनफिङ र सम्पूर्ण चिनियाँ जनतामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै नेपाल–चीनबीचको मित्रता र सांस्कृतिक सम्बन्ध युगौंदेखिको रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “तेह्रौं शताब्दीमा नेपालका वास्तुकलाविद् अरनिको चीन गएर निर्माण भएको श्वेत चैत्य नेपाल–चीनबीचको सयौं वर्ष अघिदेखिको मित्रता र सांस्कृतिक सम्बन्धको बलियो प्रमाण हो ।”


उहाँले चीनको स—छुवान प्रान्तका पार्टी सचिव वाङ स्याओहुई, पोलिटब्युरो सदस्य तथा छोङछिङ नगरपालिकाका पार्टी समिति सचिव युआन चियाच्युन, सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका कम्युनिष्ट पार्टीका सचिव वाङ च्युङचङले भक्तपुरको अवलोकन भ्रमण गर्नुभएको स्मरण गर्नुहुँदै भक्तपुर नगरपालिका र चीनको लसान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य स्थापना गर्न सहमत भइ हस्ताक्षर भएको जानकारी गराउनुभयो ।


भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका लागि भगिनी सम्बन्ध रहेको चीनको स्वशासित क्षेत्र तिब्बतको शान–नान नगरपालिकाले स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको बताउनुहुँदै उहाँले संकटको बेला सहयोग गरेर चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले एक असल छिमेकीको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्नुभयो । भक्तपुर नगरभित्रका सम्पदाहरुको अवलोकन गर्न वर्षेनी विश्वका विभिन्न देशहरुबाट लाखौं पर्यटकहरू आउने गरेका विदेशी नागरिकहरूबाट नगरपालिकाले केही सेवा शुल्क लिई शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माणलगायतमा खर्च गर्दै आएको उक्त कार्यक्रममा प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि राजदूत सोड्डले भक्तपुरलाई नेपालको सांस्कृतिक राजधानीको संज्ञा दिनुहुँदै भक्तपुर नगरभित्रका विशिष्ट कला र संस्कृतिले संसारभरका पर्यटकहरुलाई आकर्षित गरेको जानकारी दिनुभयो । उहाँले “चिनियाँ नयाँ वर्ष सबैभन्दा पुरानो र लाखौं परिवारहरुलाई एकताबद्ध गर्ने र पुरानोलाई त्यागेर नयाँ अंगाल्ने उत्सव हो” भन्नुभयो ।

उहाँले गत वर्ष सम्पन्न संयुक्त राष्ट्रसंघको ७८ औं महासभाले चिनियाँ नयाँ वर्षको दिनलाई छुट्टीको दिन घोषणा गर्ने प्रस्तावलाई एकमतले पारित गरेको जानकारी दिँदै यो राष्ट्रपति सी चिनफीड्डले अगाडि सार्नुभएको “विश्वब्यापी सभ्याता अगुवाई”को एक ज्वलन्त नमूना भएको उल्लेख गर्नुभयो ।

चिनियाँ नयाँ वर्षको अवसरमा पहिलो पटक श्रृंखलाबद्ध कार्यक्रम आयोजना गरेको बताउँदै उहाँले यस क्रममा युन–नान प्रान्तको अन्तर्राष्ट्रिय बसन्त महोत्सव तथा नयाँ वर्षको स्वागत कार्यक्रम, आनहुई प्रान्त साँस्कृतिक टोलीको शुभ बसन्त महोत्सव, तिब्बती नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम, चिनियाँ लालटिन प्रदर्शनी लगायतका कार्यक्रमहरुले नेपालमा चिनियाँ नयाँ वर्षको उत्साहपूर्ण वातावरण सृजना गरेको बताउनुभयो ।

राजदूत सोड्डले यो वर्ष चीनको जनगणन्त्र स्थापनाको ७५ औं र आउँदो वर्ष चीन–नेपाल दौत्य सम्बन्धको ७० औं वर्षगाठ भएको हुँदा दुबै देशको सम्बन्धमा नयाँ अवसर र सम्भावनाहरु रहेको जानकारी दिँदै आगामी दिनमा नेपाल चीन बीच विभिन्न क्षेत्रमा सहयोग आदान प्रदान र सहकार्यको नयाँ वातावरण सृजना हुनेमा आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा चीनको तर्पmबाट ड्रयागन नाच, सिंह नाच र छीलीन नाच प्रस्तुती गरिएको थियो भने भक्तपुर नगरपालिकाको तर्पmबाट रामचन्द्र नाच (माक प्याखं), लाखे नाच र सिंह नाच प्रस्तुत भएको थियो ।
कार्यक्रम पश्चात पचपन्न झ्याले दरबार साकोठा हुँदै टौमढीसम्मको छोटो साँस्कृति
क ¥यालीमा ६ वटै नाच सहित प्रमुख अतिथि, अतिथि, जनप्रतिनिधिहरु, कर्मचारीहरु, चिनियाँ कलाकारहरु, नेपाली कलाकारहरु समेतको सांस्कृतिक टोली तथा नगरबासीहरु सहभागी भएका थिए ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान
2 भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने
3 रोटरीको पुस्तक प्रदर्शनीमा भसासको गजल वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न
4 बङ्गालको खाडीमा चक्रवात ‘अरनब’को प्रभाव: नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x