
रशिला थापा
भक्तपुर । मदरल्याण्ड स्कुलले आयोजना गरेको मिस एण्ड मास्टर लिटिल स्टार २०८० सम्पन्न भएको छ ।

सुर्यविनायक नगरपालिका वडा ९ मा अवस्थित मदरल्याण्ड स्कुलको आयोजनामा शुक्रबार भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंक केन्द्रीय तालिम केन्द्रमा भएको फाइनल प्रतियोगितामा सुबास्ना कार्की मिस लिटिल स्टार मदरल्याण्ड २०८० घोषित भईन भने, मास्टर लिटिल स्टार मदरल्याण्ड २०८० जेसिक नेपाल भएका छन् ।
यसैगरी छात्रातर्फ अप्रिल सिल्पकार फष्ट रनरअप, झरना देउवा सेकेण्ड रनरअप, दिक्षा बस्नेत थर्ड रनरअप र इसानी थामी फोर्थ रनरअप भएका छन् । साथै छात्रतर्फ फष्ट रनरअप आयन जंग कटवाल, सेकेष्ड रनरअप साइमन मगर र थर्ड रनरअफ उत्सब खत्री भएका छन् ।
मिस एण्ड मास्टर लिटल स्टार मदलल्याण्ड २०८० सिजन १ को उद्घघाटन गर्नुहुँदै प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाको मेयर वासुदेव थापाले विद्यार्थी भाई बहिनीहरुलाई अतिरिक्त क्रियाकलापमा लगाउनुपर्नेमा जोड दिनुभयो । विद्यार्थीहरुको आत्मबल र आत्मविश्वास बढाउन पनि पठनपाठन सँगै यस्ता खालका कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका ९ का वडाध्यक्ष भगवान खत्री, वडा नं २ का वडाध्यक्ष प्रदिप कार्की तथा शिक्षासँग सरोकार राख्ने विज्ञ र अभिभावकहरुको सहभागिता रहेको थियो ।
सुमी बानियाको कोरियोग्रीफी रहेको उक्त कार्यक्रममा रोजिन शाक्यले संचालन गर्नु भएको थियो । ग्रान्ड फिनालेको निर्णायकमा शिक्षाविद डा. कृष्ण प्रसाद ग्वाछा, गोविन्द बहादुर खड्का र विजय कर्माचार्यका साथै मिसेस नेपाल आइकन २०२३ की वीनर मेरिशा सुवाल मालाकार रहनुभएको थियो ।

प्रतियोगितामा छात्रातर्फ विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । जसमा वेष्ट वाकतर्फको अवार्ड अप्रिल सिल्पकार, मोष्ट डिसिप्लेन निर्जला खत्री, मोष्ट डिजरभिङ कृष्तिका भण्डारी, मोष्ट ट्यालेन्ट श्रीया बस्नेत, वेष्ट स्माइल प्रसादी बस्नेत, मोष्ट एक्टिभ झरना देउवा, वेष्ट प्रसनाल्टि सुवास्ना कार्की, वेष्ट आर्टवर्क करुणा घिमिरे भएकी छिन् ।

यसैगरी वेष्ट स्पीच एरिना बखुन्छे, फेसबुक च्वाइस न्यान्सी खड्का, भ्यूअर्स च्वाइस श्रीयाम्सी श्रेष्ठ, वेष्ट प्रफर्मर करिष्मा चौलागाई, मिस परफ्याक्ट जेसिका श्रेष्ठ, क्यूटेष्ट बेबी अफ द इयर ओइक्षा बस्नेत, मोष्ट फोटोजेनिक कास्भी खड्का, मोष्ट कन्फिडेन्ट अदृशा तिवारी, मोष्ट व्यूटिफूल आइज निशा ठाकुर, वेष्ट कुकिङ प्राप्ती खत्री, मोष्ट फ्रेन्ड्ली शाभ्य बुढाथोकी भएकी छिन् ।
साथै वेष्ट डान्स तर्फको अवार्डमा अप्रिल शिल्पकार, मोष्ट क्रेयटिभ पाल्साङ डोल्मा घिसिङ, ब्यूटि उइथ ब्रेन अग्रता पोखरेल, म्यानेजमेन्ट च्वाइस कृतिका भण्डारी, मोष्ट इन्टेलिजेन्ट अष्का तामाङ, मोष्ट इष्टाइलिष्ट प्रीयान्सु थापा, मोष्ट चार्मिङ दिपिका पहरी, वेष्ट हेयर सुप्रिया तामाङ, मिस कन्जेनिलिटी रिमा मोक्तान, मोष्ट फेसनिष्ट नेहारिका ख्याजु, ब्यूटि वीथ ट्यालेन्ट स्यारोन ग्वाछा, म्यानेजमेन्ट च्वाइस इसानी थामी र वेष्ट फिगरतर्फको अवार्ड सुप्रिया तामाङले प्राप्त गरेकी छिन् ।

यस्तै प्रतियोगितामा छात्रतर्फ समेत विभिन्न विधामा अवार्ड वितरण गरिएको छ । जसमा वेष्ट वाकतर्फको अवार्ड रोमन मगर, वेष्ट स्पीच जेसिक नेपाल, वेष्ट सिंगर साम्युल खड्का, वेष्ट डान्सर अनुभव खत्री, वेष्ट आर्टवर्क साइमन मगर, मोष्ट ट्यालेन्ट आयन जंग कटवल , मिस्टर हेन्डसम प्रशंग श्रेष्ठ, फेसबुक च्वाइस जेनिस खत्री, भ्यूवर्स च्याइस जेसिक नेपाल , मोष्ट डिसिप्लेन जेसन बराल, मोष्ट एक्टिभ उत्सब खत्री , मोष्ट फ्रेण्डली सविन श्रेष्ट, मोष्ट फोटोजेनिक आयन जंग कटवाल, मिस्टर प्रफेक्ट उदिप मगर, मोष्ट कन्फिडेन्ट रोमन मगर , वेष्ट प्रफर्मर पुकार दाहाल, मोष्ट डिजर्भिङ रोमन मगर र सुप्रिम थापा, बेष्ट प्रस्नाल्टी दृटान्त कार्की र म्यानेजमेन्ट च्वाइसको अवार्ड सुजल लामाले प्राप्त गरेका छन् ।

साथै छात्र र छात्रा तर्फको वीनरलाई ६ महिना, फस्ट रनरअपलाई ३ महिना, सेकेण्ड रनरअपलाई २ महिना, थर्ड रनरअपलाई १ महिना र फोर्थ रनरअपलाई १ महिनाको मासिक शुल्कमा छात्रवृत्ति स्वरुप छुट दिने विद्यालयकी संचालक शर्मिला देउजाले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा ९ देखि १२ वर्षका २९ छात्रा र १६ छात्र फाईनल प्रतिस्पर्धामा सहभागि रहेको स्कुलका प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिदै कार्यक्रमको सपोर्टर सलिको ईन्सोरेन्स, ग्रीन बुक्स, मेघापब्लिकेशन, ओयसिस पब्लिकेशन, होटल सिटी गाऊँ, सत्यशक्ति पुस्तक भण्डार र वल्डट्रेक्स फेब्रिक हाउस, ड्रेस डिजाइन वीणा टेलर्स, फोटोग्राभर कर्मा महर्जन र भिडियो ग्राफर प्रविन महर्जन तथा सबै मिडिया पार्टनरलाई धन्यवाद दिनु भएको थियो ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
















Total views : 344168












