कविता “प्रेम” | Jana Aawaj News

कविता “प्रेम”

पढ्न लाग्ने समयः < 1 मिनेट
कविता “प्रेम” : Jana Aawaj News

पहिलो प्रेम
तिमीले लेखेको पत्रसँग
दोस्रो प्रेम
तिमीले दिएको औंठीसँग
अनि तेस्रो प्रेम
भौतिक शरीरसँग
तैपनि, प्रेम के हो बुझ्न सकेनौ तिमीले
न मैले नै बुझ्न सकेँ

तिमिले बुझेको प्रेम
धन र सम्पत्ति
अनि
ठुला-ठुला महल
पद, प्रतिष्ठा
तिमीले
आँखा चिम्लेर दिने प्रेम नै
बस् त्यही थियो ।

प्रिय मन,
तर,
तिमीले
दिएको प्रेम
किन प्रेम लागेन मलाई
सोधिरहेछु आफैलाई ।
मैले बुझेको प्रेम त
भावना र सद्भभाव थियो
दुई आत्माको मिलनको विन्दु थियो
जीवनमा दुःख सुख
हाँसो खुसी
बाड्नु नै प्रेम थियो ।

खै तिमीले बुझेको प्रेम
ठिक
वा मैले बुझेको प्रेम ठिक
समयले
पक्कै बताउँला ।
म समयकै चौतारीमा
कुरिरहेछु
एउटा जिज्ञासा बोकेर

-राम चन्द्र प्रजापति

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न