परमेश्वरको मन्डलीद्वारा “७७८६ औ विश्वव्यापी वातावरण सरसफाई अभियान” सम्पन्न | Jana Aawaj News

Bhaktapur Hospital

परमेश्वरको मन्डलीद्वारा “७७८६ औ विश्वव्यापी वातावरण सरसफाई अभियान” सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
परमेश्वरको मन्डलीद्वारा “७७८६ औ विश्वव्यापी वातावरण सरसफाई अभियान” सम्पन्न : Jana Aawaj News

सुर्खेत । परमेश्वरको मन्डली विश्व सुसमाचार समाज सुर्खेतले “७७८६ औ विश्वव्यापी वातावरण सरसफाई अभियान” सम्पन्न गरेको छ ।

बिहिबार वीरेन्द्रनगरको मुख्य क्षेत्र बुद्धपथ लाईन र हटियालाईनमा १०० जनाको सहभागितामा सरसफाई अभियान संचालन गरिएको हो ।

सरसफाईमा सहभागी आशिष जैशीले बजार सरसफाई गरेर पुर्ण रुपमा स्वच्छ बनाउने भन्दा पनी बजार सरसफाई आफैले गर्नु पर्छ भन्ने सन्देश दिनका लागि यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “केही हद सम्म सरसफाई पनी हुन्छ, त्यो भन्दा पनी महत्वपुर्ण कुरा हामीले जथाभावी फोहोर गर्न हुदैन भन्ने सन्देस पनी जाने बताउनुभयो ।

समाजले देशैभर यस प्रकारको सरसफाइ तथा स्वयंसेवाको कार्यक्रमहरु निरन्तर रुपमा संचालन गरेको र  अब आउने दिनहरुमा पनि सामाजिक कार्य गर्दै आउने जानकारी गराएको छ ।उक्त सरसफाईमा कार्यक्रममा वीरेन्द्रनगरका उपमेयर निलकन्ठ खनाल, राम जानकी टोल बिकास समितिका अध्यक्ष भिम बि.सी., एमाले प्रदेश कमिटी सदस्य ध्रुव थापा, सुनचाँदी ब्यावसायी संघका अध्यक्ष ज्ञान बहादुर बिश्वकर्मा, प्रथम उपाध्यक्ष ओम बहादुर बि.क. लगाएतको उपस्थिती रहेको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 ईप्सन भक्तपुरको एकल लोकनृत्य प्रतियोगितामा क्वालिटी स्कुलकि मनिरा प्रथम
2 हिमाल एकेडेमीमा इप्सन समूहगत तथा एकल लोकनृत्य प्रतियोगिता सम्पन्न
3 सूर्यविनायकमा नगरस्तरीय बाल प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न
4 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x