
नारायण थापा
काठमाडौ । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह आसेज (ASEZ) द्वारा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
आज ७,९०१ औं विश्वव्यापी वातावरण सरसफाइ अभियान ASEZ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समुहले ललितपुर महानगरपालिका वडा नं. ११ स्थित यु.एन पार्कमाभित्र उपत्यकाको सम्पूर्ण विश्व विद्यालयमा अध्ययनरत आसेजका विद्यार्थीहरू कुल ४५० जना भन्दा बढीको प्रत्यक्ष रुपमा सहभागिता रहेको थियो ।



कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर मञ्जरी शाक्यले विश्व विद्यालयका विद्यार्थी आसेजले गरेको काम उत्कृष्ट भएको बताउदैं युवा विद्यार्थीहरुले शुरु गरेको यो अभियान दिगो रुपमा संचालन गर्नुपर्ने बताउनुभयो । “जबसम्म फोहोर गर्ने अभियान रोकिदैन तबसम्म सफाइ गर्ने अभियान निरन्तर हुनुपर्ने बताउनुभयो ।” आसेजले शुरु गरेको यो अभियानमा ललितपुर महानगरपालिकाको समर्थन रहेको बताउदैं सरसफाइको साथै हामीले आफुलाई र आफ्ने मष्तिष्कलाई सफाई गर्नुपर्ने बताउनुभयो ।

यसैगरी कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अरोज कुमार खड्कीले वातावरण स्वच्छ र सफा राख्न सरसफाइको आवश्यकता पर्ने बताउदैं आसेजले यो ठाँउमा गत वर्ष पनि सरसफाइ गरेको बताउनुभयो । आसेजले निरन्तरता दिएको यो सरसफाइको कार्यक्रमलाई महानगरले पूर्ण समर्थ गर्ने बताउनुभयो ।

आजको कार्यक्रममा ललितपुर जिल्ला समन्वय समितिका उपाध्यक्ष रामलाल थिङ, युलवयु फाउन्डेसनका अध्यक्ष किशोर साम्सोहाङ, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज आसेजका संयोजक सुरज उप्रेदी, आसेजका क्लव अध्यक्ष रविन नेम्वाङ साथै उपत्यकाका विश्व विद्यालय आसेजका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।




कार्यक्रममा पार्कभित्र औपचारिक कार्यक्रम आयोजना गरी सहभागीहरूलाई परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थीहरूको स्वयंसेवक संगठन आसेजबारे परिचय गराइनुका साथै आयोजित कार्यक्रमको महत्व र आवश्यकताका विषयमा जानकारी गराइएको थियो । नीलो टिसर्ट धारी जोशीला युवाहरूले फटाफट पार्कभित्र वरपर जथाभावी फ्याँकिएका गुट्काका खोलहरू, फोहोर खाली बोटलहरु, सिसीहरू लगायत थुप्रै जैविक तथा अजैविक फोहोरहरु संकलन गरी कुल ३७ बोरा फोहोरहरू सङ्कलन गरेका थिए ।


७,९०९ औं पटक गरिएको विश्वव्यापी वातावरण सरसफाई यो अभियान संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य प्राप्तिका निमित्त आसेजले गर्ने विश्वव्यापी वातावरण सरसफाईको एउटा भाग हो । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थी स्वयंसेवक संगठन आसेजले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य प्राप्तिका निम्ति दिगो विकास लक्ष्यका लक्ष्य नम्बर ११, १२, १५, १६ र १७ मा विशेषत आधारित रहेर ए बि सी मोभ्मेन्ट, जनचेतना अभिवृद्धि वृक्षारोपण अपराध न्यूनीकरण, विपत्तिमा राहत प्रकोप उद्धार जस्ता थुप्रै विविध गतिविधिहरु गर्दै आइरहेको छ ।

तस्बिर : नारायण थापा ।





परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बाइबलमा गवाही दिइएको पिता परमेश्वर अनि माता परमेश्वरमाथि विश्वास गर्ने एकमात्र मण्डली हो । यो मण्डली हाल विश्वभरि कुल ३७ लाख दर्जित सदस्यसहित १७५ वटा राष्ट्रहरूका ७,५०० वटा भन्दा बढी क्षेत्रमा विस्तार भएको एकमात्र वैधानिक मण्डली हो । परमेश्वरको मण्डली बाइबलमा उल्लेखित शबाथ दिन, निस्तार चाड लगायत नयाँ करारका तीन चरणका सातवटा चाडहरू पालन गर्ने संसारको एकमात्र वैधानिक मण्डली पनि हो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news






Total views : 297988




