प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डद्धारा शुभकामना | Jana Aawaj News

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डद्धारा शुभकामना

पढ्न लाग्ने समयः 2 मिनेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डद्धारा शुभकामना : Jana Aawaj News

मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्‍जन लगायतका हक अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको स्मरणका रूपमा मनाइने १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल र विश्वभरिका मजदुर एवं श्रमजीवी वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दै मई दिवसले मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा पैदा गर्ने विश्वास व्यक्त गर्दछु ।

नेपालको संविधानमा श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ । श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदावाजी गर्ने हकलाई प्रत्याभूत गरिएको छ । श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधारसमेत हुन् । देशमा श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव हुँदैन । यही यथार्थलाई आत्मसात गरेर नै नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो । श्रम सम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिवद्ध व्यहोरा यस सन्दर्भमा अनुरोध गर्दछु ।

युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन नेपाल सरकार निरन्तर क्रियाशील छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमको रूपमा रहेको वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्दछ । नेपाल सरकारले श्रमिकहरूको हितरक्षालाई केन्द्रमा राख्दै विदेशमा रहेका नेपालीहरू, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरी प्रभावकारी कार्यान्वयनसमेत गरिरहेको छ । साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर श्रमको सम्मान, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामार्फत समृद्धिको जग बसाल्न सरकार गम्भीर रूपले लागिरहेको छ ।
अन्त्यमा, अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि संस्थाका रूपमा क्रियाशील ट्रेड युनियनहरू श्रमिकहरूको हकहित संरक्षणका निम्ति संगठित, सक्षम, पेशामुखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकोमा खुसी व्यक्त गर्दै नेपाल तथा विश्वभरिका मजदुर तथा श्रमजीवीहरूमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
मिति स् २०८१ वैशाख १९ गते
नेपाल संवत् ११४४ चौलागाः ७, बुधबार
पुष्पकमल दाहाल ‘प्रचण्ड’

+ posts
ताजा
1 Edu World Educational Consultancy को शाखा मध्यपुर थिमिमा बिस्तार
2 एमाले भक्तपुरले आयोजना गरेको रक्तदानबाट ५३ जनाले गरे रक्तदान
3 वृक्षारोपण सहित डष्टबिन वितरण गर्दै समुदायको लागि २ घण्टा अभियानको १३३ औं हप्ता सम्पन्न
4 भक्तपुरमा पहिलो पल्ट नाटक प्रतियोगिता सम्पन्न ऋतम्भरा प्रथम 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न