
पाल्पा । परमेश्वरको मण्ड्ली विश्व सुसमाचार समाजले निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १३५० औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न भएको छ ।
आजको रक्तदान कार्यक्रममा सहभागी १२० सदस्यहरु मध्य ८२ जनाले रक्तदान गर्नुभएको छ । कार्यक्रममा प्राविधिक सहयोग लुम्बिनी मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटलको रहेको थियो ।
कार्यक्रममा ताससेन नगरपालिकाका मेयर सन्तोष श्रेष्ठले रक्तदान गर्नु जीवन दान गर्नु जतिकै पुण्यको कार्य रहेको बताउदै परमेश्वरको मण्डली विश्व सुसमाचार समाज तानसेनले रक्तदान कार्यक्रम गरि पुण्यको कार्य गरेको बताउनुभयो ।
रक्तदान गर्नु जीवन दान, माहादान गर्नु जतिकै पुण्य कार्य रहेको बताउदै समाजले रक्तदान कार्यक्रम गरि विरामीहरूलाई आवश्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउने गरि मानवीय कार्य गरेको बताउअनुभयो । मानव भएर मानवलाई अप्ठ्यारो परिस्थितिमा सहयोग एवम सेवा गर्नु नै सबै भन्दा ठुलो सेवा र धर्म रहेको बताउनुभयो । आगामी दिनमा यस्तै मानवीय, सकारात्मक र रचनात्मक सामाजिक कार्य गर्न सुझाव दिदै तानसेन नगरपालिकाले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो ।
कार्यक्रममा तानसेन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबू रत्न शाक्यले परमेश्वरको मण्डली विश्व सुसमाचार समाज तानसेनले रक्तदान कार्यक्रम गरि रगतको अभावलाई न्यूनीकरण गर्दै जीवन बचाउने असल कार्य गरेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सन्तोष चन्द, समाजसेवी सुशील शाक्य र परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बर्दघाटका मण्डली प्रमुख सरोज लामा लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज लुम्बिनी प्रदेशका प्रतिनिधि एवम कार्यक्रमका अध्यक्ष दिपेन्द्र श्रेष्ठले समाजले सन २०२४ सम्म आउदा करिब १९ औं पटक रक्तदान कार्यक्रम गरेको जानकारी दिनुभयो ।
सन् १९६४ मा कोरियाबाट सुरु भएर यो वर्ष मण्डली स्थापनाको ६०औँ वार्षिकोत्सव मनाइरहेको परमेश्वरको मण्डलीले हालसम्म गर्दैआएको स्वयंसेवाको संख्या २७,००० पटकभन्दा बढी छ । १७५ वटा देशका ७,५०० वटा क्षेत्रहरूमा रहेका ३७ लाख सदस्यहरूले बाइबलअनुसार ‘पिता परमेश्वर’ र ‘माता परमेश्वर’लाई विश्वास गर्छन् र उहाँहरूको शिक्षाअनुसार छिमेक तथा समाजमा प्रेम र आशा बाँडिरहेका छन् । यसको सम्मानस्वरूप मण्डलीलाई अमेरिकी राष्ट्रपतीय अवार्ड, कोरियाली राष्ट्रपतीय अवार्ड, ब्राजिलको विधायिकी पदक आदि विभिन्न सरकार तथा संस्थाहरूबाट ४,२०० वटाभन्दा बढी अवार्डहरू प्रदान गरिएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news







Total views : 297981




