भक्तपुरको चाँगुनारायण नगरपालिकाद्वारा किसान कार्ड लागू हुने | Jana Aawaj News

भक्तपुरको चाँगुनारायण नगरपालिकाद्वारा किसान कार्ड लागू हुने

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरको चाँगुनारायण नगरपालिकाद्वारा किसान कार्ड लागू हुने : Jana Aawaj News

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाद्वारा किसान कार्ड लागू हुने भएको छ । मेयर जीवन खत्रीले नगरपालिकाले किसानलाई मल, बिउ विजनका साथै प्राबिधिक एवं कृषीमा नगरबासीलाई प्रोत्साहन गर्न आगामी आर्थिक वर्षबाट किसान कार्डको व्यवस्था मिलाउन किसान तथ्यांक संकलन गरिरहेको जानकारि दिनुभयो ।

मेयर खत्रीका अनुसार किसान कार्डको लागि आगामी जेठ मसान्त सम्मको लागि घर घरमा किसान तथ्यांक संकलकहरू परिचालन गरिसकिएको बताउनुभयो । साथै छिट्टै किसान कार्ड उपलब्थ गराई किसानलाई समयमा आवश्यक मल, बिउ बिजन, प्राबिधिक एबं अन्य सहयोग उपलब्ध गराउन नगरपालिका जुटिसकेको र काममा खटी आउने कर्मचारीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो ।

मेयर खत्रीले कृषी क्षेत्रमा आबद्ध हुने किसानले अहिले भोग्नुपरेको समस्या आगामी दिनमा नहुने बताउँदै भन्नुभयो, यो कार्यका लागि सबैले सकारात्मक बिश्वासका साथ अघि बढ्न र सहयोग गर्नुपर्ने खाँचो रहेको औल्याउनुभयो । अहिले किसानले भोगेको समस्या सामाधानमा नगरपालिका लागेको र सो कार्य नगरबासीको सहयोग बिना सम्भव नहुने उहाँले बताउनुभयो ।

यसअघि नगरपालिकाका मेयर जीवन खत्रीले कृषि, पशुुपक्षी विकास र सहकारी शाखाका प्रमुखसहितको सहभागितामा रासायनीक मल वितरणमा गुनासो नआउने गरि कृषकको गुनासो सुन्ने र समाधानका लागि पहल गर्ने उद्देश्यका साथ अनुदानको मलको लागि स्वीकृति पाएका सहकारी संस्थाका प्रतिनिधि तथा कृषकहरुसँग छलफल  गर्नुभएको थियो ।

अघिल्लो वर्ष प्रदेशबाट ४ सय बोरा मल आएकोमा यो पटक ९ सय बोरा रासायनीक मल ल्याउन सफल भएको मेयर खत्रीले बताउनुभयो । नगरपालिकाले आगामी दिनमा आवश्यक मलको लागि प्रदेश सरकारसँग थप कोटा बढाउन पहल गर्ने पनि उहाँले बताउनुभयो । नगरपालिकाले उपलब्ध मललाई छिटो छरितो, विना झन्झट वितरण गरिने पनि उहाँले बताउनुभयो  ।

नगरपालिकाले साल्ट ट्रेडिङ्ग कर्पोरेशनलाई प्राप्त कोटाको रासायनीक मल उपलब्ध गराउन सिफारिस गरिसकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले साल्ट ट्रेडिङ्ग कर्पोरेशन कम्पनी कोटेश्वरलाई एक पत्र पठाउँदै ३४ वटा सहकारीलाई ४५ टन मल (५० केजीको ९ सय बोरा) २६ बोराको दरले उपलब्ध गराउन सिफारिस गरिएको समेत बताउनुभयो ।

+ posts

 

 

ताजा
1 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
2 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
3 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
4 राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न