
बुधबार भक्तपुर अस्पतालमा वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौडाले आयोजना गरेको न्युनतम सेवा मापदण्ड कार्यान्वयन घोषणा कार्यक्रममा ९८ अङ्क ल्याएर भक्तपुर अस्पताल देशकै उत्कृष्ठ अस्पताल भएको घोषणा गरिएको हो।
कार्यक्रममा स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले बीर अस्पताल पछिको देशकै दोश्रो जेठो अस्पताल भक्तपुर अस्पताल देशभरबाटै उत्कृष्ठ बन्न सफल भएको बताउदै संघीय सरकारका अस्पतालहरुले पनि सिक्नु पर्ने बताउदै अब न्यूनतम सेवा मापदण्डमा यो अस्पताल ९८अङ्कबाट नघटी १०० अङ्क ल्याउने गरि अगाडि बढ्न आग्रह समेत गर्नुभयो । उहाँले १५ शैय्याबाट सुरु भएको यो अस्पताल प्रदेश सरकारले ३०० शैय्यामा बिस्तार गर्दै व्यबस्थापनको तयारी गरेको समेत जानकारी गर्नुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, आश्रित, लोपोन्मुख, विपन्न, अति न्यून आय भएका भएका, क र ख वर्गका अपाङ्गलगायतलाई निःशुल्क स्वास्थ्य बिमाको व्यबस्था गरेका बताउदै अहिलेसम्म सात हजार यस्ता परिवारलाई सेवा दिइसकेको बताउनुभयो । यस्तै चालु आ.ब.भित्र १२ हजार परिवारमा पुर्याउने लक्ष्य राखेको समेत बतानुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले १२० वर्ष पुरोना यो अस्पताललाई स्पेशालिटी अस्पतालको रुपमा बिकास गरेर लैजान जरुरी रहेको बताउदै दरबन्दी अभाव, बजेट अभाव, कार्डियोलोजिष्ट र न्यूरोलोजिष्टको डाक्टर अभाव एवं एनेस्थियनष्टिको अभावले सेवा बिस्तारमा समस्या आएको जानकारी गराउनुभयो ।
यसैगरी बरिष्ट स्वास्थ्य प्रशासन डा. नबिन दर्नालको नेतृत्वमा शुक्रराज ट्रपिकल अस्पताल प्रमुख नर्सिङ प्रशासक रोशनी तुईतुई, बीर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सर्बेश शर्मा, बीर अस्पतालका बरिष्ट कन्सल्टेण्ड डा. मिनचन्द्र अधिकारी, स्वास्थ्य मन्त्रालयका चिकित्सा शाखा प्रमुख डा. खगेश्वर गेलाल, स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख भक्तबहादुर भण्डारी, नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखा कम्युनिटी नर्सिङ्ग अधिकृत नुजन शर्मा, एनएसआई वागमति प्रदेश संयोजक आहिस्था शाही, स्वास्थ्य निर्देशनालयका शुसिल आचार्य, वविता रेग्मी, फार्मेसी अधिकृत प्रकाश दुलालसहितको टिमले भक्तपुर अस्पतालमा तीन दिन लगाएर गरेको सर्वैक्षण, अनुसन्धान एवं मूल्याङ्कनमा भक्तपुर अस्पताल देशकै उत्कृष्ठ अस्पताल भनी घोषणा गर्नुभएको हो ।
भक्तपुर देशकै उत्कृष्ठ अस्पताल २०७७ मा ७४, त्यसपछि ८४ अङ्क ल्याउन सफल हुदै २०८० को मूल्याङ्कनमा ९७ अङ्क र यसवर्ष ९८ अङ्क ल्याउन सफल भएको छ ।
कार्यक्रममा भक्तपुर अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले आफू अस्पतालमा मेसु र निर्देशक भएर आएको तेश्रो कार्यकालमा पनि यस अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउन सफल रहेको बताउनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news







Total views : 297993




