
भक्तपुर । जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा नेकपा एमाले सूर्यविनायक नगर कमिटको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सप्पन्न भएको छ ।
मदन भन्डारीको ७३ औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइदै गर्दा नेकपा एमाले सूर्यविनायक नगर कमिटीले आइतबार नेपालको राजनीतिक परिवर्तनमा मदन भण्डारीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा महेन्द्र शान्ति माविकी छात्रा नितिशा भट्टराई प्रथम हुन सफल भएकी छिन् ।


प्रतियोगितामा गणेश माविकि रेजिना शाही दोस्रो स्थान हासील गर्न सफल भइन ।

यसैगरी मेरीगोल्ड बोर्डीङ्ग स्कूलकी इशाना सिटौला तेस्रो हुन सफल भइन भने, मोर्डन स्कुलकी समिरन शर्मा र अरनिको माविकी अभियान घिमिरेले सान्तवना स्थान हासिल गर्न सफल भएका थिए ।

स्पष्ट तथा प्रखर वक्ता समेत रहेका जननेता मदन भण्डारीको पहिलो पहिचान नै वक्तृत्व रहेकाले विद्यार्थीहरुलाई वाक कलाप्रति जागरुक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेकपा एमाले सूर्यविनायक नगर कमिटिका अध्यक्ष रविन्द्र साप्कोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा मदन भण्डारीका भाषणहरु प्रत्यक्ष सुन्न नपाएता पनि उहाँको गर्विलो इतिहासबारे जानकारी पाउँदा वर्तमान राजनीतिमा इमान्दारीताको खडेरी परेको प्रतियोगी वक्ताहरुले बताउनुभयको थियो । नयाँ पिडिहरुले मदन भण्डारीबाट राजनीतिक नैतिकता र जागरुकता सिक्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।
वक्ताहरुले कार्यक्रममा प्रविधिको प्रयोग बढ्दै जाँदा वक्ता र स्रोताहरुको जमघट हुने अवसरहरु घट्दै गएको बेला यो प्रतियोगिता आयोजना गरिनु सकारात्मक भएको बताउनुभएको थियो । प्रतियोगितामा कुल २४ विद्यालयका विद्यार्थी वक्ताहरुले सहभागिता जनाउनुभएको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 344279












