सूनपाको आयोजनामा माघ २२ देखि फागुन ६ गतेसम्म एच.पि.भी खोप अभियान संचालन | Jana Aawaj News

सूनपाको आयोजनामा माघ २२ देखि फागुन ६ गतेसम्म एच.पि.भी खोप अभियान संचालन

पढ्न लाग्ने समयः < 1 मिनेट
सूनपाको आयोजनामा माघ २२ देखि फागुन ६ गतेसम्म एच.पि.भी खोप अभियान संचालन : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिकामा एच.पि.भी खोप अभियान २०८१ को तयारी पुरा भएको छ । सोमबार सूर्यविनायक नगरपालिकाका नगर प्रमुख एवं नगरस्तरीय खोप समन्वय समिति संयोजक बासुदेव थापाको अध्यक्षतामा बसेको खोप समितिको बैठकले खोपको तयारी पूरा भएको अभियानमा शत प्रतिशत लक्ष्य हासिल गर्ने बताईएको छ ।

नगरपालिकाका ७६ वटा विद्यालयहरुलाई खोप केन्द्र कायम गरिएको छ । कक्षा ६ देखि कक्षा १० मा अध्यनरत बालिकाहरुलाई एच.पि.भि खोप लगाईने छ भने, १० वर्षदेखि १४ बर्ष उमेर समुहका बालिकालाई यो खोप लगाईने भएको हो । पाठेघरको मुखमा हुने क्यान्सरको प्रतिरोधात्मक एच.पि.भि खोप लगाउन नगरपालिकामा ७१ जना स्वास्थ्यकर्र्मी १४२ जना स्वयंसेवक खटाइएको छ ।

विद्यालय क्षेत्रका ३८३४ बालिका र विद्यालय बाहिरका करिब ३२८ बालिका गरी जम्मा ४१६२ बालिकाहरुलाई खोप लगाइने छ उक्त कार्यक्रम माघ २२ गतेबाट फागुन ६ गते सम्म चल्नेछ । यो खोप अभियानको २२ गते बिहान १०.३० बजेदेखि गाम्चामा रहेको अरनी माध्यमिक विद्यालयबाट शुभारम्भ हुने भएको छ ।

 

+ posts

 

 

ताजा
1 वागीश्वरीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन
2 एसइई २०८२ का सर्वोत्कृष्ट विद्यार्थी र विद्यालय सम्मान तथा ‘सञ्चार माध्यममा भक्तपुर नपा-भाग २’ पुस्तक सार्वजनिक
3 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
4 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न