मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत | Jana Aawaj News

Bhaktapur Hospital

मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

पढ्न लाग्ने समयः < 1 मिनेट
मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौँ । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी÷नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१ दशमलव ०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत भएको हो ।
रु. ५७ अर्ब ६४ करोड ३७ लाख लगत रहने उक्त परियोजना निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्ताव गरेको थियो । बैठकले उक्त प्रालिसँग परियोजना विकासको सम्झौताको शर्त आदि विषयमा वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त केवरकार सञ्चालनमा आएमा स्थानीयस्तरमा ठुलो मात्रामा पर्यटक र रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ ।

बैठकले सात सय ५० मेगावाट क्षमताको रु १६० अर्ब लगानी रहने पश्चिम सेती जलाशययुक्त आयोजनाको विस्तृत प्रतिवेदन प्रतिवेदन थप अध्ययन गर्ने, नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्यका लागि अध्ययन गर्न दक्षिण कोरियाको कोरेल संस्थासँग गरिने सम्झौताको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृति लिने निर्णय पनि गरेको छ ।
यस्तै ४३ दशमलव २ मेगावाटको छिलुुङ खोला जलविद्युुत आयोजना, २१६ मोगावाटको बझाङ माथिल्लो सेती जलविद्युुत आयोजना र ४४ मोगावाटको बकान खोला जलविद्युत परियोजनाको लगानी स्वीकृतिको निर्णय बोर्डबाट भएको छ ।

बैठकले जनकपुरमा रिफाइन इडिबल ओयल (खानेतेल) उद्योग र विभिन्न स्थानमा सूचना प्रविधि उद्यान स्थापनाका लागि प्राप्त प्रस्तावहरु अघि बढाउने निर्णय पनि गरेको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 ईप्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न, सामूहिकतर्फ युनिटी र एकलतर्फ मनिरा प्रथम
2 मास्टर जगत सुन्दर मल्लको १४४औँ जन्मजयन्तीमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको साहित्यिक कार्यक्रम
3 ईप्सन भक्तपुरको एकल लोकनृत्य प्रतियोगितामा क्वालिटी स्कुलकि मनिरा प्रथम
4 हिमाल एकेडेमीमा इप्सन समूहगत तथा एकल लोकनृत्य प्रतियोगिता सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x