७० करोड बराबरको बिकास निर्माणको काम भइरहेको छ : वडा अध्यक्ष बस्नेत | Jana Aawaj News

७० करोड बराबरको बिकास निर्माणको काम भइरहेको छ : वडा अध्यक्ष बस्नेत

(पूरा भिडियो सहित)

पढ्न लाग्ने समयः 2 मिनेट
७० करोड बराबरको बिकास निर्माणको काम भइरहेको छ : वडा अध्यक्ष बस्नेत : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर, जेठ २८ । सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र सूर्यविनायक नागरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम डोलेश्वर मन्दिर परिषरमा आयोजना भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष पुष्पराज बस्नेतले वडाले गरेका विकास निर्माणका कामहरु उल्लेख गरेका थिए । प्रमुख अतिथिका रुपमा बोल्दै बस्नेतले वडामा हाल ७० करोड बराबरको विकास निर्माणका काम भइरहेको तथ्य सुनाएका थिए । वडा अध्यक्ष बस्नेतले वडाले प्रवाह गर्दै आएका सेवा, राजश्व व्यवस्थापन र पछिल्लो वर्षमा सम्पन्न विकास निर्माणबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए । धार्मिक, सांस्कृतिक र कृषि सम्भावनायुक्त डोलेश्वरधाम क्षेत्र समेटिएको सूर्यविनायक-८ लाई शान्त, हरियाली र ऐतिहासिक वडा बनाउने लक्ष्यसहित वडाले अघि सारेका योजना र कार्यान्वयनको प्रगति पनि कार्यक्रममा छलफलको विषय बनेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सदस्यहरू विश्वराम त्वयनावासु, विक्रम तामाङ, सावित्री मिश्र, सदस्य अन्जना नेपाली तथा वडा सचिव प्रतिभा लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष बस्नेत र सूर्यविनायक नगरपालिकाका इञ्जिनियर जनक न्यौपानेले दिएका थिए ।

आयोजक संस्था राष्ट्रिय सञ्चार केन्द्रका उपाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन केन्द्रका सचिव हेमराज ढकालले गरेका थिए । त्यसैगरी कार्यक्रमको प्रारम्भमा सार्वजनिक सुनुवाईको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे पत्रकार दिवस गुरागाईंले मन्तब्य राखेका थिए । राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष आचार्यले वडालाई लिखित रुपमा सुझाव-सल्लाह हस्तान्तरण गरेका थिए ।

+ posts

 

 

ताजा
1 तिर्खा मेटाउनको लागि नि:शुल्क पिउने पानी वितरण अभियान
2 चाँगुनारायणलाई देशकै पहिलो ‘योग नगर’ घोषणा : स्मारिका विमोचनसँगै सामूहिक साधना
3 कोशी प्रदेशकाे  नीति तथा कार्यक्रम आज 
4 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न