
जन आवाज न्युज/जेष्ठ, २८ गते । परमेश्वरको मण्डली विश्व सुसमचार समाजद्वारा ललितपुरको गोदावरी नगरपालिकास्थित राष्ट्रिय वनस्पति उद्यान परिसरमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा गोदावरी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो भने अन्य अतिथितिहरूमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालका अध्यक्ष तेजेन्द्र गौतम, वीलभयू फाउन्डेसन नेपालका अध्यक्ष किशोर साम्सोहाङ, राष्ट्रिय वनस्पति उद्यानका अध्यक्ष मधुसुदन थापा मगर, जिल्ला समन्वय समिति ललितपुरका उपप्रमुख राम लाल थिङ लगायतहरूको उपस्थिति थियो ।
कार्यक्रममा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालका अध्यक्ष तेजेन्द्र गौतमले संसारको नून र ज्योति बन्नू भन्ने परमेश्वरको शिक्षालार्ई आत्मसात गर्दै ३६५ आशाको पाइलामार्फत पृथ्वीलार्ई पुन:आशाको घर बनाउन मण्डली लगायत मण्डलीका सदस्यहरू सधैँ कटिबद्ध रहेको कुरा बताउनुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि राज घिमिरेले गोदावरी नगरपालिकाको वडा नं ३ उपत्यकाकै सबैभन्दा महत्त्वपूर्ण वडा, प्रकृतिले साथ दिएको वडा रहेको र यस वडामा रहेका विभिन्न ठाउँहरू जस्तै गोदावरी, नौडाँडा, फुल्चोकी र मार्बल डाँडाको अवलोकन र भ्रमण गर्न देश-विदेशबाट प्रत्येक शनिबार ११,००० को हाराहारीमा पर्यटकहरू आउने भएकोले फोहोरको समस्या पनि उत्तिकै रहेको कुरामा जोड दिनुहुँदै यस क्षेत्रमा सरसफाइ गर्न मण्डलीका सदस्यहरू सेनाको परेडजस्तै ठूलो संख्यामा उपस्थित भएकोमा हार्दिक कृतज्ञताका व्यक्त गर्नुका साथै यो मण्डलीले देश-विदेशमा यस्तै सरसफाइका कार्यहरू गरेबापत् विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारहरू पाएकोमा बधाई पनि दिनुभयो ।
कार्यक्रममा ललितपुर क्षेत्रका जावलाखेल, गोदावरी, इमाडोल, लुभु, सुनाकोठी, भैंसेपाटी र ग्वार्कोबाट आएका करीब ४०० जना स्वयंसेवकहरू सक्रियतापूर्वक सहभागी भएका थिए । हरियो रङ्गको ज्याकेट लगाएका स्वयंसेवकहरूले ३-३ वा ५-५ जनाको टोली बनाएर वनको सौन्दर्य बिगार्ने सुकेका हाँगाहरू र झरेका पातहरू हटाउन परिश्रमसाथ सरसफाइ गरे । उनीहरूले वरिपरि फ्याँकिएका एकल-प्रयोग कप, स्ट्र, खानेकुराका खोलहरू, प्लास्टिकजन्य वस्तु जस्ता विभिन्न प्रकारका फोहोरहरू पनि सफा गरे भने संकलित फोहोरको मात्रा १ टन ट्रकको तौल बराबर थियो ।

विश्व जैविक विविधता दिवस(मे २२) र विश्व वातावरण दिवस(जून ५)को उपलक्ष्यमा, परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले विश्वव्यापी ‘आशाको वन’ अभियान सञ्चालन गरिरहेको छ । आशाको वन अभियानचाहिँ परमेश्वरको मण्डलीले आफ्नो स्थापनाको ६०औँ वार्षिकोत्सवको सम्झनामा गत वर्षदेखि सञ्चालन गरेको ‘विश्वव्यापी आशा च्यालेन्ज’को एक हिस्सा हो । योचाहिँ रूख रोप्ने, विदेशी प्रजातिका बोटबिरुवाहरू हटाउने, फोहोर र ज्वलनशील पदार्थहरू सङ्कलन गर्ने, र वन डढेलो रोकथाम गर्ने जस्ता माध्यमबाट कार्बन उत्सर्जन घटाउन र हरियो ठाउँ सिर्जना गर्नमा योगदान पुऱ्याउने जलवायु परिवर्तन प्रतिरोध गतिविधि हुनुको साथै दिगो र सुरक्षित समाज सिर्जना गर्ने गतिविधि पनि हो ।
परमेश्वरको मण्डलीका सन्तहरूले विश्वभरि अनवरत रूपमा वातावरण सरसफाइ गर्दैआएका छन् । नेपालमा पनि ललितपुर लगायत हेटौंडा, काठमाडौं, भक्तपुर जस्ता विभिन्न क्षेत्रका सहर, पार्क र सडकमा निरन्तर सरसफाइ गरिएको छ । साथै रक्त अभाव भएर जीवन जोखिममा परेका छिमेकीहरूलाई सहयोग गर्न हरेक वर्ष जारी हुने ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान अभियान’ गत वर्ष मात्र २१ पटक सञ्चालन गरिएको थियो । नर्सिङ होम र वृद्धाश्रम जस्ता सामाजिक कल्याण संस्थाहरूको भ्रमण गरेर आवश्यक सामग्री अनुदान गर्ने, सरसफाइमा सघाउने स्वयंसेवा, भूकम्पले क्षतिग्रस्त क्षेत्रमा मर्मतसम्भार सहयोग जस्ता विभिन्न गतिविधिमार्फत मण्डलीले स्थानीय समुदायको हेरचाह गर्दैआएको छ । नेपालमा गत मार्च महिनासम्म ५४,१५३ जनाले ९४१ वटा विभिन्न सामाजिक योगदानका गतिविधिहरू गरेका छन् ।

परमेश्वरको मण्डलीचाहिँ विश्वको १७५ वटा राष्ट्रका ७,८०० भन्दाबढी क्षेत्रहरूमा स्थापना भएको विश्वव्यापी मण्डली हो । पञ्जीकृत सदस्य संख्या ३९ लाख २० हजार रहेको परमेश्वरको मण्डलीले बाइबलको आधारमा पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । मण्डलीले सुरुको मण्डलीले जस्तै नयाँ करार निस्तार-चाड लगायत ३ चरणका ७ वटा चाडहरू मान्दछ । ख्रीष्टको शिक्षाअनुसार छिमेकीलाई प्रेम गर्दै मण्डलीले विपत्ति राहत कार्य, जलवायु परिवर्तन प्रतिरोध गतिविधि, रक्तदान कार्यक्रम जस्ता विभिन्न सामाजिक योगदानका गतिविधिहरू ३०,००० पटकभन्दा सञ्चालन गरिसकेको छ ।

यस्तो योगदानको कदरस्वरूप मण्डलीले संयुक्त राज्य अमेरिकाका तीन सरकारहरूबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, ब्राजिलको विधायिकी पदक, पेरुको राष्ट्रिय सभा पदक आदि ५,००० भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । यस्ता अनवरत मानव कल्याणका गतिविधिका लागि नेपालमा पनि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गरी मण्डलीको कार्यमा समर्थन जनाएको छ ।















-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 331082



