७५३ वटा स्थानीय तहमध्ये पहिलो होमियोप्याथिक मध्यपुर थिमीमा सुचारु (तस्बिरमा हेर्नुहोस्) | Jana Aawaj News

७५३ वटा स्थानीय तहमध्ये पहिलो होमियोप्याथिक मध्यपुर थिमीमा सुचारु (तस्बिरमा हेर्नुहोस्)

(पूरा भिडियो सहित)

पढ्न लाग्ने समयः 3 मिनेट
७५३ वटा स्थानीय तहमध्ये पहिलो होमियोप्याथिक मध्यपुर थिमीमा सुचारु (तस्बिरमा हेर्नुहोस्) : Jana Aawaj News

नारायण थापा

जन अवाज न्युज/भक्तपुर जेष्ठ, २९ गते । आज मध्यपुर थिमि नगरपालिकाद्वारा आयोजित होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र उ‌द्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मध्यपुर थिमी नगरापालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आज वडा नं. ७ मा होमियोप्याथिक सुभारम्भ भएको बताउदै स्वास्थ्य क्षेत्रमा आमुख परिवर्तन गर्नका लागी मध्यपुर थिमीमा आर्युेवेदिक औषधालयले यस ठाँउका नगरबासिलाई ठुलो सहयोग गर्ने बताउनुभयो ।

अब हामीले यस ठाँउमा विकासका कामहरु अधिकांश गरिसकेको र थोरै मात्र विकास निर्माणको काम बाकी रहेकोले अब हाम्रो लक्ष्य आर्थिक विकासमा हुनुपर्ने बताउनुभयो । बजेट बनाउँदा आर्थिक स्थरलाई उकास्नका लागि पर्यटकीय क्षेत्र कसरी बनाउने र यस क्षेत्रलाई अझ सबल बनाउनका लागि काम गरिने बताउनुभयो ।

यसैगरी कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले ७५३ वटा स्थानीय तहमध्ये पहिलो होमियोप्याथिक सुचारु गरेको बताउनुभयो । विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको होमियोप्याथिकलाई नेपाल सरकारले समेत मान्यता दिएको बताउदैं यसले समग्र मध्यपुर बासिहरुको स्वास्थ्य सुधारमा ठुलो सहयोग गर्ने बताउनुभयो ।


उद्घाटन कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका वडा नं. ७ का वडा अध्यक्ष कष्ण कुमार प्रजापति, वडा नं. १ का वडा अध्यक्ष वावुकाजी डंगोल, २ का श्रीकृष्ण श्रेष्ठ, ३ का कृष्ण हरि आचार्य ,४ का बालकसष्ण पात्या श्रेष्ठ, ६ का ज्ञानदास प्रजापति, ८ का रमेश थापा श्रेष्ठ, ९ का सानुकाजी राजवाहक, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, नेपाल कोरिया मैत्री अस्पतालका निर्दैशक दिपेँद्र कुमार रौशन, साथै होमीयोप्याथिक चिकित्सकहरुमा डा. रामकुमार अधिकारी, प्रेमनारायण श्रीवास्तव, अम्विका ज्ञवाली, अनुप पन्थी र डा. सुरेन्द्र श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

 

+ posts