नारी दिवस लक्षित चलचित्र ‘परालको आगो’ को दोस्रो पोस्टर सार्वजनिक | Jana Aawaj News

नारी दिवस लक्षित चलचित्र ‘परालको आगो’ को दोस्रो पोस्टर सार्वजनिक

पढ्न लाग्ने समयः < 1 मिनेट
नारी दिवस लक्षित चलचित्र ‘परालको आगो’ को दोस्रो पोस्टर सार्वजनिक : Jana Aawaj News

काठमाठौं । चलचित्र परालको आगो फिल्मको दोस्रो पोस्टर सार्वजनिक भएको छ। नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त पोस्टर सम्पूर्ण नारीलाई समर्पित गरिएको निर्माण टिमले बताएको छ। यसैगरी फिल्मको टिजर चाँडै सार्वजनिक हुने बताइएको छ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक गरिएको पोस्टरले फिल्मप्रति दर्शकमा थप उत्सुकता बढाएको छ। पोस्टरमा प्रयोग गरिएको ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिले नेपाली गाउँघरको मौलिकता झल्काएको देख्न सकिन्छ । ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई उठान गर्ने यस फिल्ममा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत मुख्य भूमिकामा देखिने भएका छन्।

लक्ष्मण सुनारको निर्देशनमा बनेको उक्त चलचित्रमा सुहाना, सौगात र प्रकाशका साथै सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगाएतको अभिनय रहनेछ । हरि ॐ सिने मेकर्स प्रा.लिको ब्यानरमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् भने लेखन सुशील देवकोटाले गरेका छन्। छायांकन संकल्प भुजेलको रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ र रंग संयोजन कनाल कुँवरले गरेका छन्।

फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका छन्। मिक्सिङ मुकेश शाहको रहेको छ भने निर्माण संयोजन नगेन्द्र घिमिरेले गरेका छन्। यसैगरी फिल्मको पाश्र्व संगीत किरण तुलाधर को रहेको छ भने संगीतमा शान्ति ठटाल, सत्य-स्वरुप र प्रकाश सपुतको योगदान छ। गीतमा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्द रहेको छ।

कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशक करण बहादुर साउद हुन्। निर्मातामा सुलभी पोखरेल र सत्यम पोखरेल रहेका छन्। फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको बताएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न