प्रहरी वृत्त जगातीलाई सूर्यविनायक नगरपालिकाको तर्फबाट गाडी हस्तान्तरण | Jana Aawaj News

प्रहरी वृत्त जगातीलाई सूर्यविनायक नगरपालिकाको तर्फबाट गाडी हस्तान्तरण

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रहरी वृत्त जगातीलाई सूर्यविनायक नगरपालिकाको तर्फबाट गाडी हस्तान्तरण : Jana Aawaj News
Oplus_16908288

जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले नगरपालिकाको तर्फबाट प्रहरी वृत्त जगाती, भक्तपुरलाई बिहिबार एकथान टाटा मोटर्सको गाडी हस्तान्तरण गर्नुभएको छ। भ्याटसहित गाडीको कूल मूल्य रु. ४२ लाख ९० हजार रहेको छ ।

प्रहरीको सेवा र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सहयोग पुर्‍याउने उद्देश्यले गाडी उपलब्ध गराइएको नगरपालिकाले जानकारी दिएको छ।

उक्त हस्तान्तरण कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडाध्यक्षहरू सानुकाजी कायस्थ, प्रदीप कार्की, लक्षुराम न्यौपाने, रवीन्द्र सापकोटा, पुष्पराज बस्नेत र शिवराम राउत, कार्यपालिका सदस्य तारा सापकोटा, शर्मिला लम्साल बस्नेत, सुमन परियार लगायतको उपस्थिति रहेको थियो।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
2 वी लभ यू फाउन्डेसन र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
3 संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न
4 ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न