
भक्तपुर । खाना पकाउने ग्याँसको आपूर्ति तथा वितरणलाई सहज, व्यवस्थित र पारदर्शी बनाउन सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ग्याँस डिपो तथा ग्याँस बिक्रीवितरण गर्ने पसलहरूको नियमित अनुगमन सुरु गरेको छ।
नगरपालिकाका उपप्रमुख तथा बजार अनुगमन समिति संयोजक सरिता तिमसिना भट्टराईले ग्याँसमा कृत्रिम अभाव सिर्जना गर्ने विरुद्ध तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले अनुगमनलाई तीव्र गरिएको र अनुगमनका क्रममा केही स्थानमा अनियमितता देखिएकोमा आवश्यक नसिहत दिईनुका साथै कानुनबमोजिम कारबाही प्रक्रिया सुरु गरिएको पनि बताउनुभयो ।
उहाँले ग्याँस डिपो तथा वितरकलाई नेपाल सरकारले तोकेको खुद्रा मूल्यमा मात्र ग्याँस बिक्री, वितरण गर्न, उपभोक्तालाई अनिवार्य रूपमा बिल वा रसिद उपलब्ध गराउन तथा ग्याँस सिलिन्डर लुकाई कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा अतिरिक्त शुल्क लिने जस्ता कार्य नगर्न पनि अनुरोध गर्नुभयो ।
त्यस्तै, कुनै डिपो वा पसलले तोकिएकोभन्दा बढी मूल्य लिएको, बिल नदिएको वा ग्याँस लुकाई कृत्रिम अभाव सिर्जना गरेको पाइएमा नगरपालिकामा जानकारी गराउन पनि उहाँले आम उपभोक्ता माझ आग्रह गर्नुभयो ।
साथै ग्याँसको सहज आपूर्ति व्यवस्थापनका लागि आवश्यकभन्दा बढी ग्याँस सिलिन्डर भण्डारण नगर्न, सम्भव भएसम्म विद्युतिय चुलो, बायोग्याँसलगायतका वैकल्पिक ऊर्जा स्रोतको प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news






Total views : 338335






