
भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ३ मा रहेको इडेन गार्डेन स्कुलका संस्थापक प्राचार्य जय प्रकाश राई ‘आउटस्ट्यान्डिङ प्रिन्सिपल अवार्ड’बाट सम्मानित हुनुभएको छ।
शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान, विद्यालय नेतृत्व तथा मूल्यमा आधारित शिक्षाको प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो। एजुकेशन दैनिकद्वारा आयोजित एजुकेशन एक्सिलेन्स अवार्ड्स २०८२ अन्तर्गत उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।

राईले आफ्नो नेतृत्वमा इडेन गार्डेन स्कुललाई अनुशासन, गुणस्तरीय शिक्षा र समग्र विद्यार्थी विकासतर्फ अग्रसर गराउँदै आएका छन्। विद्यालयले शैक्षिक उत्कृष्टतासँगै नैतिक मूल्य, व्यवहारिक शिक्षा र चरित्र निर्माणमा समेत विशेष जोड दिँदै आएको छ। उहाँको समर्पण, नेतृत्व र निरन्तर प्रयासले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पारेको भन्दै उहाँलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि प्रोफेसर डाक्टर अच्युत प्रसाद वाग्लेले शिक्षा क्षेत्रमा गुणस्तर, नेतृत्व र नवप्रवर्तनको विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षा प्रणालीलाई समयअनुकूल बनाउन शिक्षक, संस्था र नेतृत्वकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि प्रोफेसर डाक्टर श्रीराम भगत माथेले शिक्षा क्षेत्रमा अनुशासन, गुणस्तर र नवप्रवर्तनलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमहरूले उत्कृष्ट कार्य गर्नेहरूलाई पहिचान र प्रेरणा प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा देशभरका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरूलाई एजुकेशन एक्सिलेन्स अवार्ड्स अन्तर्गत सम्मान गरिएको थियो। उक्त कार्यक्रम एजुकेशन दैनिकद्वारा आयोजना गरिएको हो भने एक्जिटो एजुकेशनको प्रस्तुतिमा तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न भएको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 352707










