नयाँ बजारमा १,८६२औं विश्वव्यापी रक्तदान कार्यक्रम | Jana Aawaj News

Bhaktapur Hospital

नयाँ बजारमा १,८६२औं विश्वव्यापी रक्तदान कार्यक्रम

२ सय जनाको सहभागीता, १ सय जनाद्वारा रक्तदान (फोटोमा हेर्नुहोस्)

पढ्न लाग्ने समयः 4 मिनेट
नयाँ बजारमा १,८६२औं विश्वव्यापी रक्तदान कार्यक्रम : Jana Aawaj News
Oplus_16908288

जन आवाज न्युज/काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज्ले निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,८६२ औं विश्वव्यापी रक्तदान कार्यक्रम आइतबार नयाँ बजारमा सम्पन्न गरेको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्ष रोजिना श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले परमेश्वरको मण्डलिले गरेको यो कार्यले रगतको अभावमा परेका मानिसहरुलाई धेरै राहत मिल्न सक्ने बताउदै शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त संचार सेवाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २ सय जनाको सहभागीता रहेको थियो । सहभागीहरुमध्य १ सय जनाले रक्तदान गर्नुभएको थियो ।

मण्डलीका एक अधिकारीका अनुसार, “नयाँ करार निस्तार-चाडचाहिँ येशूज्यूले क्रूसको बलिदानद्वारा मानवजातिलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको चाड हो । ख्रीष्टले उदाहरण देखाउनुभएको ‘जीवन बचाउने प्रेम’को अनुकरण गर्नका लागि रगतदान कार्यक्रम आयोजना गरेका हौं ।”  “यो कार्यक्रमले रोग तथा दुर्घटनाका कारण समस्यामा परेका बिरामीहरूलाई बचाउनका साथै रक्तदानको संस्कृति फैलाउनमा योगदान पुऱ्याउनेछ भन्ने आशा गर्दछु ।” ‘निस्तार-चाड (Passover) ’चाहिँ ‘विपत्ति पार’ भन्ने अर्थ रहेको बाइबलमा भएको परमेश्वरको चाड हो । निस्तार-चाडको दिनचाहिँ येशू ख्रीष्टले क्रूसमा बलिदान हुनुभन्दा अघिल्लो रातमा आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा नयाँ करार स्थापना गर्नुभएर पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको दिन हो ।

‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’चाहिँ परमेश्वरको मण्डलीद्वारा विश्वव्यापी रूपमा आयोजना हुने जीवन बाँड्ने गतिविधि हो । मण्डलीले सन् २००५ कोरियाबाट सुरु गरेर गत २० वर्षदेखि ६७ वटा देशहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको छ । सो कार्यक्रममा लगभग ३,१०,००० जना सहभागी भएका छन् र १,३४,००० जनाले रक्तदान गरेका छन् (सन् २०२५ सम्म) । १ जनाको रक्तदानले ३ जनाको जीवन बचाउन सक्ने कुरालाई विचार गर्दा, योचाहिँ करिब ४,०२,००० जनाको अमूल्य जीवन बचाउन सफल उपलब्धि हो ।

ख्रीष्टको प्रेमको उदाहरणलाई पछ्याउँदै परमेश्वरको मण्डलीले छिमेकी तथा समाजको भलाइको निम्ति विभिन्न गतिविधिहरू आयोजना गरिरहेको छ ।  नेपालमा पनि मण्डलीले भूकम्पले क्षतिग्रस्त ठाउँमा मर्मत सम्भार, नयाँ विद्यालय भवन निर्माण सहयोग, रक्तदान कार्यक्रम, वातावरण सरसफाइ लगायत विभिन्न स्वयंसेवाका गतिविधिहरू सञ्चालन गर्दैआएको छ ।  मण्डलीले काठमाडौँ, ललितपुर, भरतपुर र नेपालगञ्ज क्षेत्रका वन, खोला तथा सहरहरूमा सरसफाइ गतिविधिहरू गरेर जनकल्याण प्रवर्धनमा योगदान पुऱ्याएको छ । त्यसै गरी कार्बन उत्सर्जन कम गर्ने पहल ‘आशाको वन’ अभियानमार्फत जैविक विविधताको संरक्षण गर्न मण्डलीले नेपालभरि करीब १,१५० वटा वृक्षहरू रोपेको छ । नेपालमा गत डिसेम्बर महिनासम्म ५४,१५३ जनाले ९८९ वटा विभिन्न सामाजिक योगदानका गतिविधिहरू गरेका छन् । यस किसिमको मानव कल्याणका गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गर्दै समर्थन जनाएको छ ।

विश्वका १७५ वटा देशका ७,८०० भन्दा बढी ठाउँहरूमा स्थापित परमेश्वरको मण्डलीले बाइबलले गवाही दिएको पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर” भन्ने ख्रीष्टको शिक्षालाई पछ्याउँदै परमेश्वरको मण्डलीले वातावरण संरक्षण, रक्तदान, प्रकोप राहत, शैक्षिक सहयोग, सांस्कृतिक आदानप्रदान कार्यक्रम जस्ता सामाजिक योगदानका गतिविधिहरू विश्वभरि ४४,००० भन्दा बढी आयोजना गरिसकेको छ । यस्तो समर्पित प्रयासका लागि, मण्डलीलाई तीन वटा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, तीन वटा दक्षिण कोरियाली राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाबाट सम्मान पदक र देशकै सर्वोत्कृष्ट वातावरण अवार्ड र ब्राजिल विधायिकी योग्यता पदक गरी ५,६०० वटाभन्दा अवार्डद्वारा सम्मानित गरिएको छ ।

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 आज यी प्रदेशहरुमा हल्का वर्षा र हिमपातको सम्भावना
2 देश डुबाउने र जलाउने दुवै जनताका सत्रु हुन्‌ : प्रेम सुवाल
3 ईप्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न, सामूहिकतर्फ युनिटी र एकलतर्फ मनिरा प्रथम
4 मास्टर जगत सुन्दर मल्लको १४४औँ जन्मजयन्तीमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको साहित्यिक कार्यक्रम
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x