दशौं भक्तपुर महोत्सव सकियो, १ लाख मानसिले गरे अवलोकन | Jana Aawaj News

दशौं भक्तपुर महोत्सव सकियो, १ लाख मानसिले गरे अवलोकन

पढ्न लाग्ने समयः 2 मिनेट
दशौं भक्तपुर महोत्सव सकियो, १ लाख मानसिले गरे अवलोकन : Jana Aawaj News
oplus_2

जन आवाज न्युज/भक्तपुुर, बैशाख ८ गते ।  दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव समापन भएको छ । चैत २६ गतेबाट सुरु भएको महोत्सवको १२ दिनसम्ममा करिव १ लाख मानिसले अवलोकन गरेका औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।

“उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने मुख्य उद्देश्य राखेर हामीले महोत्सव आयोजना गरेका थियौ,” अध्यक्ष महतले भन्नुभयो । महोत्सवमा स्थानीय उत्पादन, हस्तकलाका सामाग्री समेत राखिएको थियो । महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू थिए । ती स्टलमा रहेका व्यापारी साथीहरुले करिब ३ करोड रुपैँया बराबारको व्यापार गर्नुभएको अध्यक्ष महतले बताउनुभयो ।

 

दैनिक रुपमा चर्चित कलाकारहरुले सांगीतक प्रस्तुती र महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउलगायतका मनोरञ्जनात्मक खेलका साधनहरू राखिएको महोत्सवका संयोजक दीपक थापाको भनाई रहेको छ ।

महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले यस्ताखालका महोत्सवले स्थानीय बजार चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । “रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजारीकरणमा गर्न समेत टेवा पुग्ने विश्वास लिएको छु,” नगरप्रमुख थापाले भन्नुभयो । भक्तपुर जिल्ला र सूर्यविनायक नरगपालपालिकाको साँस्कृतिक तथा पर्यटकिय गतिविधीलाई बढाउने महोत्सवलाई नरगपालिकाले सधै साथ दिन उहाँको भनाई रहेको छ ।

महोत्सवमा नृत्य प्रतियोगीता, प्रथमलाई २० हजार पुरस्कार
दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा नृत्य प्रतियोगीता सम्पन्न भएको छ । उक्त प्रतियोगीतामा रतिश गिरी प्रथम हुदैं नगद रु. २० हजार पुरस्कार प्राप्त गरेका छन् । दोस्रो स्थानमा अन्नी तामाङले नगद १० हजार, तेस्रो स्थानकी स्प्रीका शाहीले ५ हजार नगद पुरस्कार प्राप्त गरिन् । रेम्बो तामाङ र रेविका लामाले सान्तवना भएका दुई जनाले जनही २ हजार ५ सय नगद पुरस्कार पाएका छन् । उक्त अवसरमा समय समाज साप्ताहीककी पत्रकार सिर्जना खतिवडालाई नगद रु. ५ हजारसहित सम्मान गरिएको छ ।

+ posts

 

 

ताजा
1 ललितपुरमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान कार्यक्रम’ आयोजना, साथै सरसफाइ गतिविधि सम्पन्न
2 भक्तपुर जिल्ला स्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप-२०८३” सम्पन्न
3 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
4 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न