दधिकोट अन्तर समूह फुटसल प्रतियोगिताको उपाधि गाम्चा फुटसल क्लबलाई | Jana Aawaj News

दधिकोट अन्तर समूह फुटसल प्रतियोगिताको उपाधि गाम्चा फुटसल क्लबलाई

पढ्न लाग्ने समयः < 1 मिनेट
दधिकोट अन्तर समूह फुटसल प्रतियोगिताको उपाधि गाम्चा फुटसल क्लबलाई : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ४, दधिकोटमा वडा बाल सञ्जालको आयोजनामा सञ्चालित प्रथम फुटसल प्रतियोगिता आइतबार सम्पन्न भएको छ।

१२ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरूको खेलकुद प्रतिभा उजागर गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको यस प्रतियोगितामा वडा भित्रका विद्यालयस्तरीय बाल समूह, टोलस्तरीय बाल समूह तथा वडा बाल सञ्जालका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

भैरव फुटसल मैदानमा सञ्चालित यस प्रतियोगितामा गाम्चा फुटसल क्लब पहिलो स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै दधिकोट फुटसल क्लब दोस्रो र चित्रपुर फुटसल क्लब तेस्रो हुन सफल भएको थियो।

बालबालिकाहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै उनीहरूको प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षाका साथ आयोजित यस कार्यक्रमलाई पछि पनि निरन्तरता दिई रहने आयोजकले बताएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
2 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
3 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न