भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित | Jana Aawaj News

भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित : Jana Aawaj News
जन आवाज न्युज/भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बीसौं नगरसभाको बैठकले आर्थिक विधेयक २०८३, विनियोजन विधेयकसहित आ.व. २०८३।८४ का लागि भक्तपुर नगरपालिकाको बजेट सोमबार सर्वसम्मतिले पारित गरेको छ ।
उपप्रमुख रजनी जोशीले असार १० गते नगरपालिकाको लागि भक्तपुर नगरपालिकाको रु. २ अर्ब ५५ करोडको बजेट प्रस्तुत गर्नुभएको थियो ।
सभामार्फत नगर प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८३-८४ को बजेटमाथि भएको छलफलमा सक्रिय सहभागिता जनाई रचनात्मक सुझाव, जिज्ञासा तथा समर्थनमार्फत महत्वपूर्ण सहयोग पुर्याउनुभएका सम्पूर्ण सभासद्हरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
बजेटमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले आदर निकेतन न्यून शुल्कमा सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो । उहाँले राजश्व संकलनलाई थप प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने, जनताबाट प्राप्त गुनासा र सुझावलाई सम्बोधन गर्दै बजेट तर्जुमा गरिएको तथा संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान क्रमशः घट्दै गइरहेको उल्लेख गर्नुभयो । साथै, नागरिकलाई करसम्बन्धी सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको र अपांता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरण कार्यक्रमअन्तर्गत झुल वितरण गरिएको जानकारी सभासमक्ष गराउनुभयो ।
सभामा भक्तपुर नगरपालिकाको आ.व. २०८३।८४ को खरिद योजना, न्यायिक समितिको प्रतिवेदन र बेरुजु फछ्र्योट सम्बन्धी प्रस्ताव पेश गरिएको थियो ।
सोही सभाबाट ‘भक्तपुर नगरपालिकाको शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका २०७५’ मा तेस्रो संशोधन विधेयक २०८३ पारित भयो ।
“भक्तपुर नगरपालिका, शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका, २०७५ (तेस्रो संशोधन विधेयक, २०८३)“ अनुसार भक्तपुर नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई दिइने शैक्षिक ऋणको सीमा रु. ५ लाखबाट बढाएर रु. ७ लाख पु¥याउने र शैक्षिक ऋणको वार्षिक ब्याजदर ६ प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गर्ने व्यवस्था रहेको छ ।
+ posts

 

 

ताजा
1 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
2 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
3 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
4 नेसनल प्याब्सन भक्तपुरको शिक्षक अभिमुखीकरण सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न