कवि प्रतिसरा सायमीलाई भक्तपुर साहित्यिक समाजद्वारा अभिनन्दन | Jana Aawaj News

कवि प्रतिसरा सायमीलाई भक्तपुर साहित्यिक समाजद्वारा अभिनन्दन

पढ्न लाग्ने समयः < 1 मिनेट
कवि प्रतिसरा सायमीलाई भक्तपुर साहित्यिक समाजद्वारा अभिनन्दन : Jana Aawaj News

भक्तपुर । भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा तथा साहित्यको क्षेत्रमा निरन्तर समर्पित भई पुर्‍याउनुभएको अमूल्य योगदानको कदर गर्दै अभिनन्दन गरेको छ। ​समाजका अध्यक्ष राजुराम मुनंकर्मीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कवि सायमीकै निवास सितापाइला, काठमाडौँ पुगी सगुन प्रदान गर्नुका साथै सल ओढाएर अभिनन्दन पत्र हस्तान्तरण गरेको हो। ​

अभिनन्दन पत्रमा भक्तपुर साहित्यिक समाजको विशिष्ट सदस्यका रूपमा रहँदै समाजको उन्नयनका लागि मार्गदर्शन प्रदान गर्दै आएकोमा आभार व्यक्त गरिएको छ। साथै, हाल नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ भई लोक साहित्य र नारी लेखन विभागको प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएकोमा बधाई ज्ञापन गर्दै प्रतिष्ठानको मूल उद्देश्य प्राप्तिमा पूर्ण सफलताको कामना समेत गरिएको छ।

​कार्यक्रममा अध्यक्ष राजुराम मुनंकर्मी र सल्लाहकार काशिराम विरसले बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यसमिति सदस्य वसन्त नकर्मीले अभिनन्दन पत्र वाचन गर्दै कार्यक्रम सञ्चालन गर्नुभएको थियो। सो टोलीमा समाजका कोषाध्यक्ष गुहेश्वरी शाक्य तथा कार्यसमिति सदस्यहरू सुलोचना सैंजु र सूर्यलक्ष्मी भोमीको समेत उपस्थिति रहेको थियो। ​बधाई तथा सम्मान ग्रहण गर्दै सम्मानित प्राज्ञ कवि प्रतिसरा सायमीले साहित्यिक क्षेत्रको विकासमा भक्तपुर साहित्यिक समाजले गर्दै आएका गतिविधिहरू अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो। साथै, प्रतिष्ठानको समुन्नत विकासका साथै देशका विविध भाषा, साहित्य, कला र संस्कृतिको स्तरोन्नति एवं प्रवर्द्धनका लागि वर्तमान टिम विशेष योजना बनाएर अघि बढिरहेको जानकारी दिनुभयो।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
2 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
3 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न