
भक्तपुर । सूर्यविनायक वडा नं ५ मा रहेको यूनिटी स्कुलको आयोजनामा नेपाली मौलिक लोककला संरक्षणमा विद्यार्थीको सहभागिता गराउने उद्देश्यले नेशनल प्याब्सन भक्तपुरको जिल्ला स्तरीय अन्तरविद्यालय सामुहिक तथा एकल लोक नृत्य प्रतियोगिता-२०८३ आइतबार सम्पन्न भएको छ ।
प्रतियोगितामा सामूहिक लोक नृत्यतर्फ प्रथम : इडेन गार्डेन स्कुल, द्वितीय : बिमल मेमोरियल विद्यापीठ, तृतीय : पाथिभरा एकेडेमी र सान्त्वना : प्रसादी पाठशाला विद्यालहरु पुरस्कृत भएका थिए । साथै एकल लोक नृत्यतर्फ प्रथम : इडेन गार्डेन स्कुल, द्वितीय : प्रसादी पाठशाला, तृतीय : मदरल्याण्ड स्कुल र सान्त्वना : क्वालिटी स्कुलले क्रमश विजेता भएका थिए ।

सामूहिक र एकल गरी दुई विधामा सञ्चालन गरिएको प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरूले नेपाली मौलिक लोककला, संस्कृति र परम्परा झल्कने आकर्षक नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर गुमान्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिका–५, कटुञ्जेका वडा अध्यक्ष राजकुमार जोशी प्रमुख अतिथि थिए । प्रमुख अतिथि जोशीले प्रतियोगितामा विद्यार्थीहरूले नृत्यमार्फत आफ्नो कला, सीप र संस्कारलाई अभिव्यक्त गरेको बताउँदै कार्यक्रम निकै उत्साहजनक रहेको उल्लेख गर्नुभयो। यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने कुरा व्यक्त गर्नु भयो ।
कार्यक्रमका विशेष अतिथि तथा नेशनल प्याब्सन भक्तपुरका प्रमुख सल्लाहकार जी.बी. खड्काले युनिटी इङ्ग्लिस स्कुलले आयोजना गरेको प्रतियोगिताले नेशनल प्याब्सन भक्तपुरअन्तर्गतका विद्यालयहरूबीच एकता र सहकार्यको सन्देश दिएको बताउनुभयो। “एकतामै बल हुन्छ” भन्ने भावनालाई यस्ता कार्यक्रमले थप मजबुत बनाउने उल्लेख गर्नु भयो ।
त्यस्तै, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले प्रतियोगिताको व्यवस्थापकीय पक्ष सबल रहेको उल्लेख गर्दै कार्यक्रमलाई उत्कृष्ट रूपमा सम्पन्न गरेकोमा आयोजक यूनिटी स्कुल र प्रिन्सिपल विपिन गुमान्जूलाई विशेष आभार व्यक्त गर्नुभयो। नेशनल प्याब्सन भक्तपुरका आगामी बोर्ड कार्यक्रमहरू पनि आपसी सहकार्य र एकताका साथ अझ प्रभावकारी रूपमा सञ्चालनमा सबैको सहभागिता आवश्यक रहेको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक बिपिन गुमान्जुले प्रतियोगितालाई केवल जित–हारको रूपमा मात्र नहेरी कला, सिर्जना र अनुशासनको अभ्यासका रूपमा लिनुपर्ने बताउनुभयो। प्रतियोगिता निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन भूमिका निर्वाह गर्ने निर्णायकहरू तथा कार्यक्रमको सफल व्यवस्थापनमा निरन्तर साथ र सहयोग गर्ने बोर्ड सदस्यहरूप्रति उहाँले विशेष धन्यवाद व्यक्त गर्नुभयो । विद्यालयस्तरबाटै यस्ता कार्यक्रमलाई निरन्तरता दिँदा नयाँ पुस्तामा आफ्नो मौलिक संस्कृति र लोककलाप्रति रुचि तथा अपनत्व बढाउन सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related









Total views : 394727




