१३५१ औं विश्वव्यपी रक्तदान अभियान सम्पन्न | Jana Aawaj News

१३५१ औं विश्वव्यपी रक्तदान अभियान सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
१३५१ औं विश्वव्यपी रक्तदान अभियान सम्पन्न : Jana Aawaj News

झापा । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा निस्तार चाडको प्रैम, जीवन बचाउने प्रेम भन्ने नाराका साथ १३५१ औं विश्वव्यपी रक्तदान अभियान सम्पन्न भएको छ ।

परमेश्वरको मण्डलीको तर्फबाट उपाध्यक्ष सुवर्ण मुनिकारले परमेश्वरको मण्डलीले वर्षिपच्छे आयोजना गर्ने रक्तदान कार्यक्रम २००० वर्ष अघि ख्रीष्टले रगत बगाएर संसारलाई बचाए जस्तै हामीले पनि रगत दान गर्दा एक जनाले एक जनालाई वचाउन सक्ने भएकोले रक्तदान गरिँदै आएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख  राम कुमार थापाले मण्डलीले समाजसेवाको निम्ति राम्रो कार्यक्रम गरेकोले कार्यक्रमको सफलताको सुभकामनाको साथै आगामी दिनमा नगरको सामाजिक सेवाको कार्यमा सँगै काम गर्न गर्नुपर्ने कुराहरूमा सहयोग पुर्याउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा १६५ पिण्ट रगत संकलन भएको थियो भने नेपाल रेडक्रस सोसाइटी उप-शाखा, रक्तसञ्चार सेवा केन्द्र दमकले प्रविधिक सहयोग रहेको थियो ।

उक्त कार्यक्रम झापा जिल्लाको दमक नगरपालिका वडा नं ०५ मा आयोजना गरिएको हो । कर्यक्रममा दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापा, दमक नगरपालिका, ५ नं वडाका वडा अध्यक्ष इन्द्र बहादुर गुरूङ, सयपत्री टोल सुधार समितिका अध्यक्ष मेनुका ढकाल, नेपाल रेडक्रस सोसाइटी उप-शाखा झापाका सभापति प्रकाश बुढाथोकी, रक्तसञ्चार सेवा केन्द्र दमकका प्रमुख सिदार्थ दाहाल लगाएत दमक न.पा. ५ नं वडाको वडा समिति सदस्यहरूको उपस्थित रहेको थियो ।

+ posts
ताजा
1 सुन तोलामा २३ सय बढ्यो, सुनको मुल्य २ लाख ३५ हजार ४ सय रुपैयाँ
2 आज दिनभरको मौसम बागमती प्रदेशमा बाढी पहिरोको जोखिम
3 आदर्श साइकल संस्कृति निर्माणमा साइकल अभियनाको समुदायिकरण र बुद्धिजीविकरण अपरिहार्य : वक्ताहरू
4 भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनीको तेस्रो साधारण सभा सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न