वागीश्वरी कलेजमा एकै दिन दुई छुट्टाछुट्टै कार्यशाला सम्पन्न | Jana Aawaj News

वागीश्वरी कलेजमा एकै दिन दुई छुट्टाछुट्टै कार्यशाला सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
वागीश्वरी कलेजमा एकै दिन दुई छुट्टाछुट्टै कार्यशाला सम्पन्न : Jana Aawaj News

भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुमाझ दुई छुट्टाछुट्टै कार्यशाला सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयको सहयोगमा व्यवस्थापन सङ्काय स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुमाझ “प्राइमरी डाटा कलेक्सन कार्यशाला गोष्ठी” सम्पन्न हुनुका साथै मानविकी सङ्काय स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुका लागि “जलवायु परिवर्तनको रोकथाममा युवाको भूमिका” सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले कार्यशाला गोष्ठीले वौद्धिक ज्ञान निर्माणका साथै क्षमता अभिवृद्धिमा मद्दत पु¥याउने बताउ“दै विश्वविद्यालयका विद्यार्थीहरु ज्ञान आर्जनमा मात्र सीमित नभई ज्ञान उत्पादनमा पनि अग्रसर रहनुपर्ने बताउनुभयो ।

वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले किताबी ज्ञानका साथसाथै यस्ता कार्यशाला गोष्ठीले विद्यार्थीहरुलाई सामाजिक वातावरणमा सजिलै घुलमिल भई काम गर्न सक्षम बनाउने बताउनुभयो ।
बागमती प्रदेश सरकारको सहयोगमा सञ्चालन भएको प्राइमरी डाटा कलेक्सन कार्यशाला गोष्ठीका स्रोतव्यक्ति उप प्रा.डा. बलराम दुवाल र उप प्रा.डा. किशोर हाकुदुवाल रहनुभएको छ ।
साथै वागीश्वरी कलेजको आयोजनामा भएको विद्यार्थीहरुका लागि जलवायु परिवर्तनमा युवाको भूमिका कार्यशाला गोष्ठीमा प्रशिक्षकहरु सागर कोइराला, प्रतिशा जोशी, दिक्षा सुवेदी, कुशल निरौला रहनुभएको छ ।

कार्यक्रममा वागीश्वरी अनुसन्धान समितिका संयोजक सिद्धिवीर कर्माचार्य, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले पनि बोल्नुभएको थियो ।
स्रोतव्यक्ति तथा प्रशिक्षकहरुलाई वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले मायाको चिनो प्रदान गरी सम्मान गर्नुका साथै प्रशिक्षार्थी विद्यार्थीहरुलाई प्रमाणपत्र पनि वितरण गर्नुभएको थियो । दुवै कार्यशाला गोष्ठीमा ६८ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न