चक्रवर्ती हवि एजुकेसनद्वारा कानुन दिवस-२०८१ सम्पन्न | Jana Aawaj News

चक्रवर्ती हवि एजुकेसनद्वारा कानुन दिवस-२०८१ सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
चक्रवर्ती हवि एजुकेसनद्वारा कानुन दिवस-२०८१ सम्पन्न : Jana Aawaj News

ओम प्रकाश अविरल जङ्ग शाह
भक्तपुर । चक्रवर्ती हवि एजुकेसन एकेडेमीले कानुन दिवस- सम्पन्न गरेको छ ।

बुधबार विशेष कार्यक्रमको आयोजना गरि कानुन, विश्वविद्यालय, समाज, र कानुनी क्षेत्रबीचको अन्तरसम्बन्ध र निर्भरताका विषयमा छलफल गरिएको थियो। यस कार्यक्रमको सभापतित्व एकेडेमीका प्रिन्सिपल देवेन्द्र बहादुर भण्डारीले गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता भरतमणि जंगमको समेत उपस्थिती रहेको थियो।

उक्त कार्यक्रममा कानुनी न्यायिक क्षेत्रमा पूर्व विद्यार्थी सम्मान कार्यक्रमको आयोजना गरेको थियो। यसको उद्देश्य कानुन, विश्वविद्यालय, समाज, र कानुनी क्षेत्रबीचको अन्तर निर्भरता, अन्तरसम्बन्ध, र कानुनका बृहत्तर आयामसँग केन्द्रित संवाद तथा सम्मान कार्यक्रम गर्ने थियो।

कार्यक्रममा क्षेत्रबाट आएका विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। एकेडेमीका प्रिन्सिपल देवेन्द्र बहादुर भण्डारीले लेख्नुभएको पुस्तक ‘दम्पती, सन्तति, सम्पत्ति र विपत्ति’ मायाको चिनोको रूपमा सम्मानित व्यक्तित्व तथा अतिथिहरूलाई प्रदान गरिएको थियो।

कार्यक्रममा विमला हुमागाईँले कलेज रुपान्तरणको आगामी कार्ययोजना प्रस्तुत गर्दै वार्षिक क्यालेण्डरलाई पूर्णत कार्यान्वयन गर्ने वाचा गर्नुभएको थियो।

कार्यक्रमको दोस्रो सत्रमा कानुनी पृष्ठभूमिका व्यक्तित्वहरू बाबुराम दाहाल, राममाया लामिछाने तथा निरा गिरी लगाएतको उपस्थिति रहेको थियो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न