सरकारको वार्षिक नीति तथा कार्यक्रम आज ३ बजे शुरु | Jana Aawaj News

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज ३ बजे शुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
सरकारको वार्षिक नीति तथा कार्यक्रम आज ३ बजे शुरु : Jana Aawaj News

काठमाडौं । सरकारको आउँदो आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक नीति तथा कार्यक्रम अहिले दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहेको छ । संसद् सचिवालयले नीति तथा कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएकोे छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज नीति तथा कार्यक्रम वाचन गरिसकेपछि राष्ट्रपतिलाई बिदाइ गरिने भएको हो । राष्ट्रपतिको बिदाइपछि अर्को बैठकमा प्रधानमन्त्रीले संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रति टेबल गर्ने कार्यसूची तय भएको बताइएको छ ।

आज राष्ट्रपतिलाई धन्यवाद सहित नीति तथा कार्यक्रम टेबल गर्न प्रतिनिधिसभाको बेलुका ६ बजे र राष्ट्रिय सभाको साढे ५ बजे दोस्रो बैठक बस्ने भएकोे छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न