नैचाल- मालिगाँऊ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा | Jana Aawaj News

नैचाल- मालिगाँऊ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा

पढ्न लाग्ने समयः < 1 मिनेट
नैचाल- मालिगाँऊ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा : Jana Aawaj News

काठमाडौं जेठ ३ । भगवान बुद्धको जन्म, सम्बोधि लाभ तथा महापरि निर्वाण भएको त्रिसंयोगपूर्ण पवित्र दिन वैशाख पूर्णिमा बुद्ध सम्वत् २५६८ को बुद्धजयन्तीको पावन अवसरमा बुद्ध जयन्ती समारोह समिती, मुनि बिहार भक्तपुरको आयोजना, साइकल कनेक्ट भक्तपुरको संयोजन तथा जुजु बाइक्सको प्राविधिक सहयोगमा यही जेठ ५ गते आयोजना हुने नैचाल-मालीगाऊँ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा भएको छ।

बिगत ३ वर्ष देखि मुनि बिहारले बुद्ध पुर्णिमाको साप्ताहिक कार्यक्रम अन्तर्गत साइकल यात्रालाई पनि समावेश गर्दै आएको छ। साइकल यात्रामा सहभागी हुन भक्तपुर लगायत काठमाडौं, पाटन, किर्तिपुरबाट पनि सहभागीहरूले नाम दर्ता गराउनु भएको छ। यस कार्यक्रमको लागि १०९ जनाले नाम दर्ता गराउनु भएको कार्यक्रम संयोजक सुमित बालाले जानकारी दिनुभयो।

बिहान ७ बजे बाट शुरू हुने साइकल यात्रा भक्तपुर ईनाचो अवस्थित मुनि बिहारबाट शुरू भइ सुकुलध्वाका, तःमारी, राम मन्दिर, सुर्यविनायक गणेश मन्दिर, पाइलट बाबा आश्रम, घ्याम्पेडाँडा, पाटी भन्ज्याङ, बोक्चे घाङ्ग (बुकाचो गढी), नैचाल गोम्बा डाँडा, काक्राबारी, मालीगाँउ बुद्ध पार्क पुगेर सिपाडोल डोलेश्वर हुदैँ पुनः मुनि बिहारमा पुगेर समापन हुनेछ। साइकल यात्रीहरूलाई नैचालमा गोम्बा डाँडा संरक्षण समितिबाट तथा मालिगाँउमा स्थानिय अगुवाहरूबाट स्वागत तथा सम्मान कार्यक्रम हुनेछ। साथै भैषर्य वास पस:, इनाचोले स्वास्थ्य सेवा प्रदान गर्नेछ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
2 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
3 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
4 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न