प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्धारा शुभकामना सन्देश | Jana Aawaj News

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्धारा शुभकामना सन्देश

पढ्न लाग्ने समयः 2 मिनेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्धारा शुभकामना सन्देश : Jana Aawaj News
शुभकामना सन्देश
विश्वशान्तिका अग्रदूत, राष्ट्रिय विभूति एवं बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६८औं जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिका दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ । नेपालको पवित्र भूमि लुम्बिनीमा जन्मिएका शान्तिका अग्रदूत गौतम बुद्धले देखाउनुभएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ । बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्दछ । साथै, सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न आम नेपाली जनताको सकारात्मक भूमिका रहने विश्वास लिएको छु ।
नेपालको भूमिमा जन्मिनुभएका शान्तिका अग्रदुत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग महत्वपूर्ण छ । बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उहाँका विचारहरू विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका हुन् । मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि उहाँले गर्नुभएको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीहरूका लागि विशेष ऐतिहासिक गौरवका विषय हुन् । आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ ।
अन्त्यमा, २५६८औं बुद्ध जयन्तीको यस महत्वपूर्ण दिनले हामी सबैलाई बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भातृत्व भावनालाई आत्मसात गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
मिति : २०८१ जेठ १० गते
नेपाल संवत् ११४४ बछला थ्व, पुन्हि
पुष्पकमल दाहाल ‘प्रचण्ड’
+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न