वागीश्वरीमा ‘अभिभावक सचेतना कार्यक्रम’ सम्पन्न | Jana Aawaj News

वागीश्वरीमा ‘अभिभावक सचेतना कार्यक्रम’ सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
वागीश्वरीमा ‘अभिभावक सचेतना कार्यक्रम’ सम्पन्न : Jana Aawaj News

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंहको आयोजनामा ‘अभिभावक सचेतना कार्यक्रम’ सम्पन्न भएको छ । कक्षा ९ र १० का विद्यार्थीहरूको ७२८ जना अभिभावकहरूलाई स्टार बैंक्वेटमा भेला गरी भएको उक्त कार्यक्रममा उत्प्रेरणात्मक वक्ता डा. रवीन कटवालले कुशल अभिभावक बन्न अपनाउनुपर्ने जीवन पद्धतिका कुराहरू प्रष्ट पार्नुभयो ।


अभिभावकहरूस“ग भएको फोनको सन्दर्भ उल्लेख गर्दै उहा“ले भन्नुभयो-‘फोन स्मार्ट हुनुभन्दा पनि मान्छे स्मार्ट हुनु आवश्यक छ ।’
शिक्षा कहिल्यै सस्तो थिएन र छैन, हुनु पनि हु“दैन भन्दै उहा“ले शिक्षा सुनभन्दा मह“गो हुनुपर्छ, त्यही ढङ्गले शिक्षाको सम्बद्र्धन गर्नुपर्छ† सस्तो बेसाहाले पखाला लाग्न सक्छ† शिक्षालाई सस्तो नठान्नुस् भन्नुभयो ।
विद्यार्थीमा उच्च ग्रेडभन्दा पनि उच्च संस्कारको आवश्यकता रहेको उल्लेख गर्दै उहा“ले सुसंस्कारलाई जीवन पद्धतिको रूपमा बसाल्नुपर्नेमा जोड दिनुभयो ।

छोराछोरीको सफलतामा खुशी हुन र छोराछोरीलाई हौस्याउन कन्जुस्याइ नगर्न सुझाव दिदै उहाले सन्तानको बानी व्यवहार सुधार्न चाहने अभिभावकले सबभन्दा पहिले आफ्नो बोली व्यवहार सुधार्नुपर्छ भन्नुभयो ।
प्र.अ. कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहभागी सहयोगी अतिथि सबैलाई धन्यवाद ज्ञापन गर्दै नया“ भर्ना हुन आएका विद्यार्थीहरूको आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संयोजक ज्ञानसागर प्रजापतिले स्वागत गर्दै विद्यार्थीको प्रगतिको लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच हातेमालो आवश्यक भएको बताउनुभयो । कार्यक्रममा मा.वि. इन्चार्ज विश्वेश्वर मानन्धरले पनि बोल्नुभएको थियो ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न