दुई वर्षको सरकारी तलब भत्ता, विद्यार्थीलाई पोशाक र जुत्ता | Jana Aawaj News

दुई वर्षको सरकारी तलब भत्ता, विद्यार्थीलाई पोशाक र जुत्ता

नपाले आफुलाई दिएको गाडीले विरामी बोक्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
दुई वर्षको सरकारी तलब भत्ता, विद्यार्थीलाई पोशाक र जुत्ता : Jana Aawaj News

भक्तपुर । भक्तपुर जिल्लामा रहेको ४ वटा नगरपालिका मध्य चाँगुनारायण नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रम गरी २ वर्षमा गरेको उपलब्धीको विषयमा जानकारी गराएको छ ।

कार्यक्रममा उपप्रमुख रमेश बुढाथोकीले दुई वर्षको कार्यकालमा प्राप्त गरेको सरकारी तलब भत्ताको रकम विद्यालयमा अध्ययनरत सानासाना भाइबहिनहिरुको लागी दुई वर्षमा करिब १० लाख रुपैँया खर्च गरेको जानकारी दिनुसभयो ।

बुढाथोकीले भन्नुभयो ‘सरकारी नियम अनुसार कर कट्टा गरेर आफुले मासिक पाउने ३० हजार, प्रत्येक बैठकमा पाउने १ हजार ४ सय रुपैँया भत्तो सबै सामाजिक कार्यमा खर्च गरेको बताउनुभयो ।’ ‘मैले पार्टीमा टिकट लिने समयमा नै यो कुरा भनेको थिए, सरकारले दिने कुनैपनि सेवा सुविधा आफ्नो लागि खर्च गर्दिन, अहिले नगरभित्र रहेका सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने सानासाना भाईबहिनीहरुलाई आफुले सानो सहयोग गर्ने गरेको जनकारी दिनुभयो ।

तलब भत्ता बापत आउने पैसाले नपुेर आफुले व्यक्तिगत रुपमा समेत विद्यार्थीहरुलाई झोला, पोशाक र जुत्ता किनिदिने र आर्थिक अवस्था निकै कमजोर भएका विद्यार्थीलाई आफुले सक्दो सहयोग गर्दै आएको उपप्रमुख बुढाथोकीले जानकारी गराउनुभयो ।
यति मात्र नभएर नगरपालिकाले उपलब्ध गराएको गाडी पनि आफुले प्रयोग नगरी नगर अस्पतालमा बिरामीहरु तथा सुत्केरी बोक्नको लागि दिएको बताउनुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न