ख्वप कलेज भक्तपुरको पत्रकारिताका विद्यार्थी राससमा | Jana Aawaj News

ख्वप कलेज भक्तपुरको पत्रकारिताका विद्यार्थी राससमा

पढ्न लाग्ने समयः < 1 मिनेट
ख्वप कलेज भक्तपुरको पत्रकारिताका विद्यार्थी राससमा : Jana Aawaj News

काठमाडौं । ख्वप कलेज देकोचा भक्तपुरका पत्रकारिताका विद्यार्थीले मंगलबार सिंहदरवार काठमाडौं स्थित राष्टिय समाचार समिति रासस कार्यालयको अध्ययन भ्रमण गरेका छन् । कलेजमा पत्रकारिता स्नातक तह पहिलो वर्षमा पत्रकारिता मुख्य विषय लिई अध्ययनरत विद्यार्थीको टोली राससमा पुगेर अध्ययन भ्रमण गरेका हुन् ।

कार्यालयमा राससका प्रधान सम्पादक उत्तम सिलवालले पत्रकारिताका विद्यार्थीलाई राससमा स्वागत गर्दै राससमा हुने पत्रकारिताबारे जानकारी गराउनुभयो । उहाँले पत्रकारिता स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुनुपर्ने औंल्याउनुभयो । साथै पत्रकारिता हतारको साहित्य भएकाले पत्रकारितामा अल्छीपना नचल्ने बताउनुभयो ।

समाचार शाखाका डेपुटी चिफ रिपोर्टर नारायण न्यौपानेल विधागत पत्रकारिताबारे जानकारी गराउनुभयो । त्यस कारण पत्रकार वन्ने योजना भए जुन विधामा पत्रकारिता गर्न इच्छा छ, त्यस विषयबारे बिशेषज्ञ हुनु आवश्यक रहेको उहाँले बताउनुभयो । त्यसकारण जुनसुकै आफूलाई इच्छा लागेको विषयमा विशेषज्ञता हासिल गर्न उहाँले सुझाब दिनुभयो । यद्यपि सवैखाले पत्रकारले सामान्य जानकारी राख्नु पनि उतिकै आवश्यक रहेको उहाँले बताउनुभयो ।

रासस सञ्चार प्रविधि महाशाखाका नायब महाप्रबन्धक राजु शाक्यले राससले प्रदान गर्दै आएको भिडियो सेवाबारे जानकारी गराउनुभयो । राससले अहिले रेडियो र टिभीलाई पनि काम लाग्ने गरी समाचारहरुको अडियो र भिडियो सेवा पनि थालेको जानकारी गराउनुभयो ।
भ्रमणमा विद्यार्थीले राससमा भइरहेको गणतन्त्र फोटो प्रदर्शनीमा पनि सहभागी भएका थिए । फोटो प्रदर्शनीबारे जानकारी दिंदै राससका फोटो शाखा प्रमुख रत्न श्रेष्ठले गणतन्त्रपछि केही भएन भनेर निराशा व्यक्त गर्ने जनतालाई गणतन्त्रपछिको उपलव्धीबारे बोध गराउने थिमका साथ फोटो प्रदर्शनी गरेको जानकारी गराउनुभयो ।

विद्यार्थीले राससको समाचार कक्ष, सम्पादन कक्ष, भिडियो कक्षबारे जानकारी लिएका थिए । विद्यार्थीलाई सैद्धान्तिकसँंगै व्यवहारिक ज्ञान दिन अध्ययन भ्रमण गराइएको पत्रकारिताका शिक्षक कृष्ण किसीले बताउनुभयो ।

 

+ posts

ताजा
1 सनसाइन नेसनल स्कुलको वार्षिकोत्सव समारोह सम्पन्न
2 विद्या आर्जन इङ्ग्लिस स्कुलको दिक्षान्त समारोह सम्पन्न
3 सूर्यविनायक नगरपालिकाको आयोजनामा नि: शुल्क भलिबल प्रशिक्षण कार्यक्रमको उद्गघाटन
4 विनायकको ३८ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न