अमेरिका चीनसँग प्रतिस्पर्धा गर्नका लागि शीतयुद्ध नचाहेको बाइडेनको भनाई | Jana Aawaj News

अमेरिका चीनसँग प्रतिस्पर्धा गर्नका लागि शीतयुद्ध नचाहेको बाइडेनको भनाई

पढ्न लाग्ने समयः < 1 मिनेट
अमेरिका चीनसँग प्रतिस्पर्धा गर्नका लागि शीतयुद्ध नचाहेको बाइडेनको भनाई : Jana Aawaj News
अमेरिकी राष्ट्रपति बाइडेनद्धारा विकासोन्मुख राष्ट्रहरुमा जलवायु सम्बन्धि १ सय बिलियन डलर तथा विश्वमा भोकमारी विरुद्ध लड्नका लागि १० बिलियन डलरको प्रतिबद्धता ।

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सम्बोधन गर्दै चीनसँग प्रतिस्पर्धा गर्नकै लागि नयाँ शीतयुद्ध नचाहेको बताएका छन् ।

कार्यक्रममा बाइडेनले सोभियत संघसँग दशकौँ चलेको जस्तो विश्वब्यापी झगडाको युगमा अमेरिका प्रवेश गर्न नचाहेको बताए ।

बाइडेनले कार्यक्रममा बोल्दै अमेरिकाले प्रतिस्पर्धा पनि गर्ने र आफ्नै बल बुतामा नेतृत्व समेत लिने बताएका छन् । बाइडेनले जलवायु परिवर्तन लगायतका मुख्य विषयहरुको सम्बोधन सबैले मिलेर गर्नुपर्नेमा बताउँदै झण्डै आधा घण्टा लामो सम्बोधन गरेका थिए । सोहि क्रममा बाइडेनले विश्व समुदायलाई राम्रो भविष्यका लागि एकतावद्ध रहेर काम गर्न समेत सबैलाई आह्वान गरेका थिए ।

कार्यक्रममा बोल्दै बाइडेनले विकासोन्मुख राष्ट्रहरुमा जलवायु सम्बन्धि १ सय बिलियन डलर विभिन्न कार्यका लागी सहयोग परिचालन गर्ने प्रतिवद्धता गर्दै विश्वमा भोकमारी विरुद्ध लड्नका लागि १० बिलियन डलरको प्रतिबद्धता समेत जनाएका थिए ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न