यूनिटी स्कुलको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको चित्रकला प्रतियोगिता सम्पन्न | Jana Aawaj News

यूनिटी स्कुलको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको चित्रकला प्रतियोगिता सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
यूनिटी स्कुलको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको चित्रकला प्रतियोगिता सम्पन्न : Jana Aawaj News

भक्तपुर । नेसनल प्याब्सन भक्तपुरको कार्यक्रम, अन्तर विद्यालय चित्रकला प्रतियोगिता सूर्यविनायक ५ कटुन्जे भक्तपुरमा रहेको यूनिटी स्कुलले आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ ।

नेसनल प्याव्सन भक्तपुरको सदस्य विद्यालयको कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरु बीच “हाम्रो गाऊँ सफा ठाउँ” शीर्षकमा चित्रकला प्रतियोगिता भएको थियो । जसमा आरक्षण नेसनल स्कुलकी रजनी साखकर्मी प्रथम, ऋतम्भरा पाठशालाकी जश्मिन अछामी द्धितीय, ईडेन गार्डेन स्कुलका लबहागं राई तृतीय र सान्त्वना आरक्षणकी समिक्षा दर्नालले प्राप्त गर्न सफल भएका छन् ।

आयोजक यूनिटी स्कुलका संस्थापक एवं व्यवस्थापन समितिका अध्यक्ष रण बहादुर गुमान्जूको सभापतित्वमा सम्पन्न पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रममा सुर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्न बहादुर कटवालको प्रमुख आतिथ्यमा विजयी विद्यार्थीहरुलाई ट्रफि, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रमुख अतिथिले विद्यार्थीहरुलाई किताबभन्दा बाहिरको विविधा ज्ञान दिनुपर्ने बताए । नेसनल प्याव्सन भक्तपुरले यस्ता कार्यक्रम गर्दै आएकोमा प्रशंसा उनले प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले आयोजक यूनिटी स्कुललाई हार्दिक आभार व्यक्त गर्दै २०८० को एसईई नतिजामा ४.० ल्याउन सफल यूनिटी स्कूलबाट अन्य विद्यालयले पनि प्रेरणा लिनुपर्ने बताए । उनले नेसनल प्याव्सन भक्तपुरले प्रत्येक महिना कम्तिमा विद्यार्थीहरुको लागि एक कार्यक्रम गर्दै आएको र सोको आयोजना गर्ने जिम्मेवारी सदस्य विद्यालयलाई दिइएको बताए ।

उक्त चित्रकला प्रतियोगितामा यूनिटी स्कुलका प्रिन्सिपल विपिन गुमान्जुले स्वागत गरेका थिए । नेसनल प्याव्सनका प्रदेश सहकोषाध्यक्ष साधु राम गैडा, जिल्ला समितिका पदाधिकारीहरु उपाध्यक्ष रामप्रसाद खाताखो, सचिव कुमार थापामगर, कोषाध्यक्ष विक्रम थापालगायत विभिन्न स्कुलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।

+ posts

 

 

ताजा
1 वागीश्वरीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन
2 एसइई २०८२ का सर्वोत्कृष्ट विद्यार्थी र विद्यालय सम्मान तथा ‘सञ्चार माध्यममा भक्तपुर नपा-भाग २’ पुस्तक सार्वजनिक
3 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
4 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न