ह्वात्तै घट्यो सुनको मूल्य | Jana Aawaj News

ह्वात्तै घट्यो सुनको मूल्य

पढ्न लाग्ने समयः < 1 मिनेट
ह्वात्तै घट्यो सुनको मूल्य : Jana Aawaj News

भक्तपुर । बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार तोलाकै १ हजार १ सय रुपैयाँले घटेको छ । स्थानीय बजारमा सुनको मूल्य घटे सगैं नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५३ हजार रुपैयाँ प्रतितोला पुगेको सुनको मूलय बिहीबार प्रतितोला १ लाख ५१ हजार ९ सय रुपैयाँमा झरेको हो ।

सुनको मूल्यमा तिव्र उतारचढाव भइरहँदा चाँदीको मूल्यमा पनि त्यसको प्रभाव देखिएको छ । बुधबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ ।

आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य २ हजार ५०१ डलरमा कायम छ । जुन बुधबारको तुलना १५ डलरले कम हो । विशेषगरी मध्यपूर्वमा संकट बढ्दै गर्दा सुनचाँदीको मूल्यमा तिव्र उथलपुथलले स्थानीय बजारमा प्रभाव परेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
2 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
4 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न