थुलुङ राई सहजीकरण सोलुखुम्बुको विशेष साधारण सभा सम्पन्न | Jana Aawaj News

थुलुङ राई सहजीकरण सोलुखुम्बुको विशेष साधारण सभा सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
थुलुङ राई सहजीकरण सोलुखुम्बुको विशेष साधारण सभा सम्पन्न : Jana Aawaj News

मंसिर २९ गते, काठमाडौ । सोलुखुम्बु स्थाई घर भई हाल काठमाडौ उपत्यकामा बसोबास गर्दै आएका थुलुङ राईहरुको संस्था, थुलुङ राई सहजीकरण सोलुखुम्बुको विशेष साधारण सभा सम्पन्न भएको छ ।

थुलुङ दुधकोशी गाँउपालिकाका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा काठमाडौ स्थिति सुकेधाराको नवदुर्गा पार्टि प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त विशेष साधारण सभाले विधान संसोदन गरेर पासाङ दोर्जे राईको नेतृत्वमा नवगठित कार्यसमितिलाई अनुमोदन समेत गरेको छ ।

कार्यसमितिमा अध्यक्षमा पासाङ दोर्जे राई उपाध्यक्षमा नरबहादुर राई ,सचीबमा भाइकाजी राई ,सहसचिव सर्जन राई , कोषाध्यक्षमा छिरीङ राई ,सदस्यहरुमा ललिता राई, चन्द्रकला राई, रुद्र बहादुर राई, चित्रमणी राई, नरेन्द्र राई, चन्द्र बहादुर राई रहेका छन ।

संस्था स्थापना काल भन्दा अगाडि देखिनै संस्थाले विभिन्न सामाजिक गतिविधिहरु गरिरहेको सचिव अध्यक्ष पासाङ दोर्जे राईले बताउनुभयो । साथै स्थापनाको छोटो कालमा नै संस्थाले वृक्षारोपन, सरसफाई, असाहायहरुलाई खाना पानी वितरण जस्तो काम गरेको र निरन्तर गरिरहने संस्थाका सचीब भाईकाजी राईले जानकारी दिनुभयो ।

+ posts
ताजा
1 नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री ओली
2 मालपोत भक्तपुरका प्रमुख २४ लाख घुस सहित पक्राउ
3 मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री ओली
4 स्वास्थ्यमन्त्री किरण थापाद्वारा कटुञ्जेको घट्टेखोला खाेला अनुगमन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न