परमेश्वरको मण्डलीद्वारा काठमाडौंको त्रिभुवन पार्कमा सरसफाइ सम्पन्न | Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा काठमाडौंको त्रिभुवन पार्कमा सरसफाइ सम्पन्न

पढ्न लाग्ने समयः 3 मिनेट
परमेश्वरको मण्डलीद्वारा काठमाडौंको त्रिभुवन पार्कमा सरसफाइ सम्पन्न : Jana Aawaj News

रशिला थापा
जन आवाज न्युज/ललितपुर ।  परमेश्वरको मण्डली विश्व सुसमाचार सामाजले ८,६६८ औं विश्वव्यापी वातावरण सरसफाइ अभियान त्रिभुवन पार्कमा बुधबार सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरिले फोहोरलाई वर्गीकरण गरेर कसरी फोहोरलाई न्यूनीकरण गर्न सकिन्छ भनेर अभियान संचालन गरिरहदा परमेश्वरको मण्डलीले आज यो ठाउँमा आएर सरसफाइ कार्यक्रमको आयोजना गरेको छ । नगरपालिका तर्फबाट सदैव साथ सहयोग रहने बताउदै वातावरण स्वच्छ बनाउने अभियान का रुपमा जसरी परमेश्वरको मण्डलीले कार्य गरिरहेको छ, वातावरण सफा राख्न महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । आगामी दिनहरुमा पनि नगरपालिकाले मण्ड्लीको साथ र सहयोगको खाचो रहेको बताउनुभयो ।

देशभरिका सहरको वातावरण सफा बनाउँदै आएको परमेश्वरको मण्डलीले बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेशका विभिन्न क्षेत्रहरूमा वृक्षारोपण, वन संरक्षण जस्ता गतिविधिमार्फत कार्बन न्यूनीकरण र हरियाली सिर्जना गर्न योगदान पुऱ्याउने ‘आशाको वन’ अभियान र ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान पनि जारी गर्दैआएको छ । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव-जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ ।

यो अभियानचाहिँ परमेश्वरको मण्डलीले सञ्चालन गर्ने
‘विश्वव्यापी आशा च्यालेन्ज’को एक हिस्सा हो । आशा च्यालेन्ज ‘संकटग्रस्त विश्वव्यापी गाउँमा आशा प्रदान गर्ने’ लक्ष्यका साथ अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू [SDGs] अनुरूप जारी हुन्छ । यसलाई जलवायु परिवर्तनसँग लड्ने, गरिबी तथा भोकमरी अन्त्य गर्ने, शैक्षिक सहयोग गर्ने, स्वास्थ्य तथा कल्याणलाई प्रवर्धन गर्ने, दिगो सुरक्षित समाज निर्माण गर्ने, शान्ति, समावेशी र एकता गरी मुख्यतः ६ वटा विधामा आयोजना गरिन्छ
१७५ वटा देशका ७,८०० ठाउँहरूमा ३७ लाख सदस्यहरू आबद्ध परमेश्वरको मण्डलीले वातावरण संरक्षण, रक्तदान अभियान, प्रकोप राहत र शैक्षिकबसहयोग जस्ता ३०,००० वटा स्वयंसेवाका गतिविधिहरू आयोजना गरिसकेको छ । यसको कदरस्वरूप परमेश्वरको मण्डलीले तीन कोरियाली सरकारहरूबाट राष्ट्रपति अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरु राष्ट्रिय सभाबाट सम्मान पदक र ब्राजिल विधायिकी पदक जस्ता विभिन्न देशका सरकार तथा संस्थाहरूबाट ५,००० भन्दा बढीबअवार्डहरू प्राप्त गरिसकेको छ । गत जनवरी महिनामा पेरुका राष्ट्रपतिले मण्डलीलाई देशकै उत्कृष्ट राष्ट्रिय वातावरण अवार्ड प्रदान गरेका थिए ।

नेपालमा पनि वातावरण संरक्षण मात्र नभएर रक्तदान अभियान, वृद्धाश्रमको सान्त्वनादायक भ्रमण र विद्यालयमा पाठ्यसामग्री सहयोग जस्ता अनवरत मानव कल्याण गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बूढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूबाट मण्डलीले
प्रशंसा-पत्र, कदर-पत्र इत्यादि प्राप्त गरेको छ ।

मण्डलीले गत महिना संयुक्त राष्ट्रसंघको विश्व सामाजिक न्याय दिवस (फेब्रुअरी २०) को सम्झनामा “‘Hold Hope! अभियान गर्दै काठमाडौंको टोखा नगरपालिकालाई १६ घरपरिवारका लागि खाद्यान्न सामग्री अनुदान गऱ्यो । यो अभियानको उद्देश्य विश्वभरका सरकारी कार्यालयहरूमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीहरू अनुदान गर्नु हो, जसले गर्दा प्रत्येक देशका आर्थिक र सामाजिक रूपमा कमजोर वर्गलाई गरिबी निवारण गर्न र सामुदायिक मूल्यमान्यताहरू जगाउन मद्दत मिल्नेछ । यो अभियान भारत, युक्रेन, भेनेजुएला, इथियोपिया, हाइटी र म्यानमार लगायत लगभग ३० देशहरूमा आयोजना गरिएको थियो ।

+ posts
ताजा
1 कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु
2 ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न
3 सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन
4 मुस्ताङमा बुधबार पनि भारी हिमपात
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न