आइटि क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच सहकार्य जरुरी : मन्त्री गुरुङ | Jana Aawaj News

आइटि क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच सहकार्य जरुरी : मन्त्री गुरुङ

पढ्न लाग्ने समयः < 1 मिनेट
आइटि क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच सहकार्य जरुरी : मन्त्री गुरुङ : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आइसिटी क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ ।

मन्त्रायले सोमबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०८२ को समिक्षा तथा प्रशंसा-पत्र वितरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सूचनाप्रविधिको विकास स्थानीय तह सम्मै व्यापक हुनुपर्नेमा जोड दिनुभयो उहाँका अनुसार आइटी डेलाई सरकारले उत्सवको रुपमा मनाउनु पर्ने र युवा पुस्तालाई जति सक्दो प्रोत्साहीत गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । “आइटि डे पुरै देशले उत्सवका रुपमा मनाउनु पर्छ”, उहाँले भन्नुभयो,“साथै, नयाँ क्रिएटरहरुलाई हौसला थप्ने थप गतिविधिहरु बढाउन आवश्यक छ ।”

मन्त्री गुरुङले नेपालमा सरकारको काम गर्ने शैली निकै पुरातन रहेको, परिणाम भन्दा पनि प्रक्रियामुखि भएकोमा गुनासो गर्नुभयो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले सरकारले डिजीटल नेपाल फ्रेमवर्क(डिएनएफ) को मस्यौदा अन्तिम चरणमा रहेको बताउदै आइटि क्षेत्रमा लगानी गर्न मन्त्रालय कटिबद्ध रहेको बताउनुभयो । “हामी आइटि क्षेत्रको आवश्यक पुर्वाधार निर्माण गर्न तयार छौँ”, उहाँले भन्नुभयो,“पुर्वाधारको प्रयोग गरेर परिणाममुखी कार्य सम्पादन गर्न नीजि क्षेत्रको सहकार्य जरुरी छ ।”

मन्त्री गुरुङले अबको युग आइटिको युग भएकाले तीन तहकै सरकारको समन्वय र सहकार्यमा आइटिको विकास सम्भव हुने धारणा राख्नुभयो ।

मन्त्रालयका सचिव राधिका अर्यालले आइटि क्षेत्रमा युवा प्रोत्साहन गर्न मन्त्रालयले आइटि इन्र्टनसीपको लागि बजेट नै छुट्याएको जानकारी दिनुभयो । साथै हरेक वर्ष मनाउदै मनाउदै आइने आइटि डेलाई थप देश व्यापी र पारदर्शी बनाउन मार्गनिर्देशन तयार गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा सहभागी आइटि क्षेत्रका व्यक्तित्वले आइटि डेको समय थप गर्नु पर्ने, प्रदेश र स्थानीय तहलाई समेत समेटेर वृहत्तर बनाउनु पर्ने सुझाव दिएका थिए ।

+ posts
ताजा
1 परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा धुलिखेलका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरण
2 मोरङमा विश्वव्यापी १,८२१ औं रक्तदान कार्यक्रम सम्पन्न
3 स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न
4 “एक जिल्ला एक स्वस्थ सहर अभिमुखीकरण कार्यक्रम”
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न