विकास निर्माणको काम जस पाउने काम होइन : अध्यक्ष शिवराम राउत (तस्बिरमा हेर्नुहोस) | Jana Aawaj News

विकास निर्माणको काम जस पाउने काम होइन : अध्यक्ष शिवराम राउत (तस्बिरमा हेर्नुहोस)

पढ्न लाग्ने समयः 3 मिनेट
विकास निर्माणको काम जस पाउने काम होइन : अध्यक्ष शिवराम राउत (तस्बिरमा हेर्नुहोस) : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर, असार ३ गते । सूर्यविनायक नगरपालिका-१०, मा वडास्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

क्रियाशिल पत्रकार मञ्चको आयोजना र सूर्यविनायक नागरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम सूर्यविनायक नगरपालिका वडा नं. १० को वडा भवनको सभा हलमा आयोजना भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी सुर्यविनायक नगरपालिकाका वडा अध्यक्ष शिवराम राउतले वडाले गरेका विकास निर्माणका कामहरु उल्लेख गर्नुभएको थियो । अध्यक्ष राउतले वडामा हाल विकास निर्माणका काम सम्पन्न भएको र केहि भइरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष राउतले भन्नुभयो आफ्नो दोस्रो कार्यकालमा चित्तपोललाई सुगम ठाउँ बनाउन निरन्तर लागि परेको बताउदै हालसम्म ५ वडा सामुदायिक भवन, रेडक्रस, २२ वटा काजकिरिया गर्ने ठाउँ, सामुदायिक ८ वटा विध्यालयको स्तर उन्न्ततिको काम लगाएतको वडामा ७ सय विकासको योजना सफल भैसकेको बताउनुभयो । नगरपालिकाबाट २ करोड ६० लाखको मात्रै सिलिङ गर्न मिल्ने भएकोले वडाको सम्पुर्ण विकासको काममा लगाउनुपर्ने  जानकारी दिनुभयो । साथै यो वर्ष मात्र १०७ वटा योजना पूरा गरिसकेको बताउनुभयो । सडक बनाउनुपर्ने धेरै योजनाहरु छन तर सिमित बजेटका कारण अझै गर्नुपर्ने कामहरु अझै छ्न ती सबै कामहरु बाकी रहेको २ वर्षको अन्तरालामा आफुले गर्ने बताउनुभयो ।

वडा अध्यक्ष राउतले यो आर्थिक वर्षको बजेट बाकी विकासका काम गर्ने र  स्थानीयले जुन कुराको माग गर्नुहुन्छ यो वडामा जे कुराको खाचो छ त्यो कुरा पूरा गर्न आफ्नो तर्फबाट आफुले गर्ने प्रतिवद्द्ता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष राउतले जनप्रतिनिधि भएर आएपछि यहाँका स्थानीयले कच्ची बाटो थियो, बाटो कालेपत्र गर्नुपर्यो भने बजेट पारेर कालोपत्रे गरे बाटो चिल्लो भएपछी कालोपत्र तातेर गर्मि भयो भने, पहिलो कार्यकालमा आफनै घर अगाडीको ढलान बाटो बिगृएको थियो आफ्नो घर अगाडिको मात्र बाटो राम्रो बनाएछ भन्छ्न भनेर बनाईन त्यही बाटो हिड्नेहरुले आफ्नो घर अगाडिको बटो नबनाउनेले वडाको समग्र बिकास के गर्थ्यो भने, बाटो बनाए बनाएपछी फेरि आफ्नो घर अगाडिको बाटो राम्रोसँग बनायो अरु ठाउँको बनाएन भने उहाँले भन्नुभयो “विकास निर्माणको काम जस पाउने काम होइन” रहेछ ।

कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा-१० का सचिव कुमार राउतले सुर्यविनायक नगरपालिका  वडा-१० को ०८१/८२ को प्रगती प्रतिवेदन पेश गर्नुभएको थियो ।

सचिव राउतले वडाले प्रवाह गर्दै आएका सेवा, राजश्व व्यवस्थापन र पछिल्लो वर्षमा सम्पन्न विकास निर्माणबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । वडाले अघि सारेका योजना र कार्यान्वयनको प्रगति पनि कार्यक्रममा छलफलको विषय बनेको थियो ।
विगतको वर्षमा पनि सार्वजनिक सुनुवाई हुँदै आएता पनि आजको यो कार्यक्रमले वडामा भएका विकास निर्माण लगाएतको सम्पुर्ण काम कार्वाहिको विवरण पेश गरि नागरिकलाई सुसुचित गर्न सकिएको बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव, वडा सदस्यहरू, स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष राउतले दिनुभएको थियो ।
आयोजक संस्था क्रियाशिल पत्रकार मञ्चका कोषाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन ऋसिकेस श्रेष्ठले गरेका थिए । त्यसैगरी कार्यक्रमको प्रारम्भमा सार्वजनिक सुनुवाईको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे पत्रकार तथा मञ्चका कोषाध्यक्ष पुष्करराज बुढाथोकीले मन्तव्य राखेका थिए ।

क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष गिरीले वडालाई सल्लाह दिदै स्थानीयहरुको जनगुनासो छिटोभन्दा छिटो समाधान होस र विकासका कामहरु सबै पुरा गर्नका लागि सुझाव दिनुभएको थियो ।

+ posts
ताजा
1 परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा धुलिखेलका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरण
2 मोरङमा विश्वव्यापी १,८२१ औं रक्तदान कार्यक्रम सम्पन्न
3 स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न
4 “एक जिल्ला एक स्वस्थ सहर अभिमुखीकरण कार्यक्रम”
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न