के तपाईं भक्तपुरको फिस टनेल एक्स्पोमा जानुभयो त ? | Jana Aawaj News

के तपाईं भक्तपुरको फिस टनेल एक्स्पोमा जानुभयो त ?

एक्स्पोमा १६० प्रजातिका समुद्री माछा हेर्न पाउनुका साथै सुनामीको अनुभूति

पढ्न लाग्ने समयः 2 मिनेट
के तपाईं भक्तपुरको फिस टनेल एक्स्पोमा जानुभयो त ? : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । मध्यपुरथिमि नगरपालिका-५ राधेराधेमा आजबाट ‘फिस टनेल एक्स्पो २०८२’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोको आज भक्तपुरका संघीय सांसद दूर्लभ थापाले उद्घघाटन गर्नुभयो ।

एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड रहेको छ । साउन १० गतेसम्म सञ्चालनमा हुने एक्स्पोमा नेपालमै दोश्रो पटक र भक्तपुरमै पहिलो पटक समुद्र मुनी गएरै विभिन्न प्रजातिका माछा हेरेजस्तो अनुभव हुने गरी फिस टनेल र सुनामी राइड सञ्चालनमा ल्याएको आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष महतले भन्नुभयो, “एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल हो । सुरुङ आकारको यस टनेलभित्र आगन्तुकहरू चारैतिर पारदर्शी पर्खालभित्र पौडिरहेका रंगीचंगी समुद्री माछाहरू नजिकबाट हेर्न सक्नेछन् । टनेलभित्र विशेष लाइटिङ र ध्वनि प्रणालीमार्फत समुद्रको वास्तविक वातावरण निर्माण गरिएको छ । यहाँ टिकटक बनाउने र फोटो भिडियो लिनेहरुका लागि उचित गन्तव्य समेत रहको छ ।”
दुर्लभ तथा रंगीन समुद्रमा पाईने १६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुदै ल्याईएको छ । एक्स्पोको टनेल बालबालिका, विद्यार्थी तथा जलजीवप्रेमीहरूका लागि ज्ञानवर्धक तथा मनोरञ्जनात्मक माध्यम हुने अध्यक्ष महतले बताउनुभयो ।

समुद्री लहरजस्तै हल्लिएको अनुभूति हुने ‘सुनामी राइड’ एक्स्पोको अर्को आकर्षणको रुपमा रहेको छ । सुनामी राइडमा आगन्तुकहरूले वास्तविक सुनामीको धक्का महसुस गर्नेछन् ।
एक्स्पोमा बालबालिकादेखि युवा वर्ग लक्षित विभिन्न प्रकारका पिङहरु रोटे पिङ, कोलम्बस, ड्रागन राइड, जम्पिङ्गलगायतका बिभिन्न खेलहरुसमेत रहेको छ । साथै नेवारी खाजा, सम्बेबजीलगायत बिभिन्न खानाको परिकार,  गेम जोन र फोटो स्पटसमेतको एक्स्पोमा व्यबस्था गरिएको छ । प्रत्येक दिन एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ ।

कार्यक्रमको उद्घघाटनमा सांसद थापाले यसप्रकारको एक्स्पो यहाँका बासिन्दाका लागि नौलो अनूभूति हुने बताउदै यसले आन्तरिक पर्यटनको प्रबद्र्धन, आर्थिक उन्नतीका लागि टेवा पुग्ने बताउनुभयो ।  स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन एक्स्पो सफल हुनेउहाँले बताउनुभयो ।

भिडियो हेर्नुहोस् :

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न