भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया शुरु | Jana Aawaj News

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया शुरु

३ दिनमा १२ जनाको शल्यक्रिया

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया शुरु : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर असार, १२ गते । भक्तपुर अस्पतालले पाठेघर आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्र्तगत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले जानकारी दिनुभयो । आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया अभियानका रूपमा सुरु गरेको अस्पतालले पहिलो दिन मङ्गलबार दुई जनाको शल्यक्रिया गरेको थियो ।

“बुधबार दुई जनाको शल्यक्रिया गरेको थियो भने आज आठ जनाको शल्यक्रिया गरेको ” निमित्त निर्देशक डा. भट्टले जानकारी दिनुभयो । आङ खसेका महिलाहरुको लागि ३ दिन निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको भएता पनि आउने क्रम अझ धेरै भएकोले

१७ गते मंगलबार नाम टिपाउने र भिडियो एक्स्रे लगाएतको चेकजाच गरी स्वास्थ्य अवस्थालाई हेरेर पुन शल्यक्रिया गर्ने योजना रहेको बताउदै अस्पतालमा सम्पर्क गरेर निःशुल्क शल्यक्रियाका लागि आउन आग्रह समेत गर्नुभयो ।।

+ posts

 

 

ताजा
1 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
2 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
3 राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई
4 परमेश्वरको मण्डलीद्वारा ललितपुरको श्री देवी आधारभूत विद्यालयमा जुत्ता तथा खेलकुद पोशाक हस्तान्तरण
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न