UK NCC र विनायक शिक्षा निकेतनका बीच सूचना तथा प्रविधि (IT) कोर्समा सम्झौता | Jana Aawaj News

UK NCC र विनायक शिक्षा निकेतनका बीच सूचना तथा प्रविधि (IT) कोर्समा सम्झौता

पढ्न लाग्ने समयः < 1 मिनेट
UK NCC र विनायक शिक्षा निकेतनका बीच सूचना तथा प्रविधि (IT) कोर्समा सम्झौता : Jana Aawaj News

रशिला थापा

जन आवाज न्युज/भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा रहेको  विनायक शिक्षा निकेतन र UK NCC बीच सूचना तथा प्रविधि (IT) कोर्समा मंगलबार सम्झौता सम्पन्न भएको छ ।

आजको युग सुहाउँदो वैज्ञानिक, व्यावहारिक र प्राविधिक शिक्षा प्रदान गरिरहेको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि ग्प् कलेज सँग सूचना तथा प्रविधि (IT) पठनपाठन विषयका सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

ब्रिटिस सरकारबाट मान्यता प्राप्त नेसनल कम्प्युटर सेन्टर र विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिका बीचमा सो कोर्स पठनपाठन सम्बन्धमा सम्झौता भएको थियो । यस अन्तर्गत विद्यार्थीहरुलाई वर्तमान विश्वमा बहुचर्चित विषयका रूपमा रहेको क्अबचअज ,Scarch ,coding, cyber security का विषयमा प्राविधिक ज्ञान प्रवाह गर्ने र विद्यार्थीहरूलाई सीपमूलक र जीवन उपयोगी ज्ञान दिँदै उज्वल भविष्यका लागि डोर्याउन लागिपर्नेछ।

साथै दुई वर्षपछि योग्य र सक्षम व्यक्तिहरुलाई रोजगारी समेत प्रदान गर्नेछ। सो सम्झौता हस्ताक्षर कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले रुपान्तरित शिक्षाका लागि प्रविधि महत्वपूर्ण हुने र प्रविधिले आजका विद्यार्थीलाई भोलिका विश्व बजारमा टिक्न र बिक्न सक्ने बनाउने भएकाले विद्यालयले स्थापनाकालदेखि नै प्रगतिशील सोचको रुपान्तरित शिक्षामा जोड दिँदै आएको कुरा बताउनुभयो ।

+ posts
ताजा
1 एमाले फर्किने नेता तथा कार्यकर्तालाई एमालेले गर्यो स्वागत
2 ASEZ WAO टोखाद्धारा हिमालय वृद्धाश्रम केन्द्रमा दैनिक उपभोग्य सामाग्री हस्तान्तरण
3 ASEZ र ASEZ WAO द्वारा गोदावरीकाे जेष्ठ नागरिक दिवा केन्द्रमा स्वयं सेवा कार्यक्रम सम्पन्न
4 सुनको मूल्य हालसम्मकै उच्च, एकै दिनमा २० हजार पाँच सय रुपैयाँले बढ्यो
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न