मनसुनजन्य विपद पुर्वतयारी सम्बन्धमा पत्रकारहरुसंग छलफल कार्यक्रम सम्पन्न | Jana Aawaj News

मनसुनजन्य विपद पुर्वतयारी सम्बन्धमा पत्रकारहरुसंग छलफल कार्यक्रम सम्पन्न

(तस्बिरमा हेर्नुहोस्)

पढ्न लाग्ने समयः 3 मिनेट
मनसुनजन्य विपद पुर्वतयारी सम्बन्धमा पत्रकारहरुसंग छलफल कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/ भक्तपुर असार, २९ गते । मनसुनजन्य विपद पुर्वतयारी सम्बन्धमा पत्रकारहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमा जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा भएको कार्यक्रममा बाढी र डुबानका क्षेत्रहरुको बारेमा प्रस्तुति गरिएको थियो ।

भक्तपुरमा रहेका चार वटा नगरपालिका सुर्यविनायक, चागुनारायण, मध्यपुर ठिमी र भक्तपुर नगपालिका भित्र बाढी र डुबानमा पर्न सक्ने जोखिमयुक्त क्षेत्र र बाढी, पहिरो तथा डुबान प्रभावितलाई स्थानान्तरणको सम्भावित वैकल्पिक स्थानहरु/खुला क्षेत्रहरुको विसयमा जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो चिरञ्जीवी भण्डारीले जानकारी गराउनुभएको थियो ।

साथै कार्यक्रममा चार वटा नगरपालिका, डिभिजन सडक कार्यालय भक्तपुर, विधुत प्राधिकरण, नेपाल टेलिकम, सरकारी अस्पताल, नेपाल रेडक्रस सोसाइटी, गैर सरकारी संस्था महासंघ भक्तपुर, जिल्ला जन स्वास्थ्य भक्तपुर, शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मी र सिचाई डिभिजनका प्रतिनिधिहरुले विपद व्यवस्थापनका विसयमा केकस्ता तयारी भएका छन् सो बारेमा समेत जानकारी गराइएको थियो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख भरत मणि पाण्डेले विपद व्यवस्थापनमा सबै सम्बन्धित निकायहरु सक्रिय रुपमा लाग्न अनुरोध गर्नुभयो । जोखिम न्यूनीकरण गर्नका लागि जिल्ला प्रशासन सक्रिय भएको कुरा जानकारी गराउदै विपदको समयमा सम्बन्धित सबै संघसंस्थाहरुको साथ र सहयोगद्वारा जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

 

+ posts

 

 

ताजा
1 वागीश्वरीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन
2 एसइई २०८२ का सर्वोत्कृष्ट विद्यार्थी र विद्यालय सम्मान तथा ‘सञ्चार माध्यममा भक्तपुर नपा-भाग २’ पुस्तक सार्वजनिक
3 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
4 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न