असोज ३ गते भित्र एनटीभि वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह | Jana Aawaj News

असोज ३ गते भित्र एनटीभि वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

पढ्न लाग्ने समयः < 1 मिनेट
असोज ३ गते भित्र एनटीभि वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौँ, ३० असार । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटीभि वल्र्र्ड’ असोज ३ गते भित्रै सञ्चालन गर्न निर्देशन दिनुभएकोछ ।

सिंहदरबारस्थित नेपाल टेलिभिजनमा पुगेर उहाँले एनटीभि वल्र्डको तयारी भइरेहकोमा निरक्षण गर्दै व्यवस्थपानलाई आवश्यक निर्देशनात्मक सुझाव दिनुभएको हो । मन्त्री गुरुङले एनटीभि वल्र्डले विश्वमा नेपाल जोड्न महत्वपुर्ण भुमिका निवार्ह गर्ने उल्लेख गर्दै यसको सञ्चालनमा छिटो जोड दिनुपर्ने बताउनुभएको हो । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको मौलिकता र विशेषतालाई कायम राख्ने गरि एनटीभि वल्र्डका कार्यक्रमहरु प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभयो । साथै उहाँले विश्वसामु नेपालको पहिचान स्थापीत गर्ने विषयमा जोड दिन आग्रह गर्नुभयो ।

पिएसबीका अध्यक्ष डा. महेन्द्र विष्टले एनटीभी वल्र्डको मर्म र उदेश्यपुर्ति गर्न व्यवस्थापनमा खटिएको बताउनुभयो । यसका लागि मन्त्रालयको सहकार्यले नै कार्य सम्पादनमा सघाउ पुगेको समेत जानकारी दिनुभयो । सीमित स्रोत र साधनका बिच पनि एनटीभि वल्र्डलाई विश्व सामु लायक बनाउन प्रयत्नरत हुने उहाँको प्रतिबद्धता छ ।

कार्यक्रममा डा. टंक उप्रेतीले एनटीभि वल्र्ड सञ्चालनको पुर्वतयारीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको प्रस्तुतीमा एनटीभि वल्र्ड सञ्चालनको ढाँचा, सामाग्री र रचनात्मक संरचनामा केन्द्रित थियो ।

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न