मालपोत भक्तपुरका प्रमुख २४ लाख घुस सहित पक्राउ | Jana Aawaj News

मालपोत भक्तपुरका प्रमुख २४ लाख घुस सहित पक्राउ

(विवरण सहित)

पढ्न लाग्ने समयः < 1 मिनेट
मालपोत भक्तपुरका प्रमुख २४ लाख घुस सहित पक्राउ : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर असार, ३० गते । मालपोत कार्यालय भक्तपुरका प्रमुख २४ लाख घुस सहित पक्राउ परेका छ्न ।
मोही र तल्सिङको मुद्दा मिलाउने भन्दै प्रमुख र एक कर्मचारी  सेवाग्रहीबाट २४ लाख ५० हजार घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई रंगेहात पक्राउ गरेको हो।

उनीहरूको साथमा रहेको २ थान मोबाइल पनि जफत गरिएको अख्तियार आयोगले जानकारी दिएको छ।  भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी पूर्जा बनाउने प्रायोजनका लागि उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ। यस बारेमा थप अनुसन्धान भई रहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
2 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
4 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न