जन आवाज न्युज/भक्तपुर असार, ३० गते । मालपोत कार्यालय भक्तपुरका प्रमुख २४ लाख घुस सहित पक्राउ परेका छ्न ।
मोही र तल्सिङको मुद्दा मिलाउने भन्दै प्रमुख र एक कर्मचारी सेवाग्रहीबाट २४ लाख ५० हजार घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई रंगेहात पक्राउ गरेको हो।
उनीहरूको साथमा रहेको २ थान मोबाइल पनि जफत गरिएको अख्तियार आयोगले जानकारी दिएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी पूर्जा बनाउने प्रायोजनका लागि उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ। यस बारेमा थप अनुसन्धान भई रहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news