भक्तपुरमा निःशुल्क एक्स रेः दुई सय जनाले पाए सेवा | Jana Aawaj News

भक्तपुरमा निःशुल्क एक्स रेः दुई सय जनाले पाए सेवा

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरमा निःशुल्क एक्स रेः दुई सय जनाले पाए सेवा : Jana Aawaj News

रशिला थापा

भक्तपुर । शनिबार भक्तपुरमा भएको निःशुल्क छाती रोग सम्वन्धी शिविर भएको छ । शिविरमा झण्डै दुई सय जनाको निःशुल्क एक्सरे परीक्षण गराएका छन् । राष्टिय क्षयरोग नियन्त्रण केन्द्र र जन्त्र नामक गैर सरकारी संस्थाको प्राविधिक सहयोग, लायन्स क्लव अफ भक्तपुर नमस्तेको सहकार्य तथा एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा निःशुल्क एक्सरे भएको हो ।

त्यसका लागि एकजना चिकित्सक डाक्टर प्रमोद भटराईसहित तीनजना नर्सहरु, एकजना रेडियोग्राफरसहित दर्जन स्वयससेवकहरुले सेवा दिएका थिए ।

निःशुल्क एक्सरेमा स्थानीयबासी, स्कुलका शिक्षक कर्मचारीहरुलगायत अन्य विभिन्न ठाउँंहरुबाट सेवा लिन आएको लायन्स क्लव अफ भक्तपुर नमस्तेका अध्यक्ष लायन्स रोहन रञ्जितले जानकारी गराए । टोलमा टिभी संक्रमणको समस्या विकराल देखिएको आशंकामा सेवा दिन पुगेको उनले जनाए । परीक्षणपछि टिभीको शंका लागेकाहरुका लागि खकार संकलन पनि गरिएको थियो । पोजेटिभ देखिए उनीहरुलाई उपचारका लागि रिफर गरी पठाउने जनाइयो ।

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न