ढुखर्क स्वास्थ्य चौकिमा मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सम्बन्धीे जनचेतना सम्पन्न | Jana Aawaj News

ढुखर्क स्वास्थ्य चौकिमा मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सम्बन्धीे जनचेतना सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
ढुखर्क स्वास्थ्य चौकिमा मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सम्बन्धीे जनचेतना सम्पन्न : Jana Aawaj News

काभ्रे । बेथानचोकको ढुखर्क स्वास्थ्य चौकिमा सञ्चालन मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सम्बन्धी एक दिने जनचेतना तथा स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । समुदायमा मानसिक स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित स्वास्थ्य चौकीमा उक्त कार्यक्रम भव्यरुपमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमलाई प्रभावकारी रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने मानसिक रोग विशेषज्ञ डा. दिक्षा न्यौपानेलाई बेथानचोक गाउँपालिका, गाउँपालिका अध्यक्ष भगवान अधिकारीले आभार प्रकट गर्नुभयो । त्यस्तै सो अवसरमा वडाध्यक्ष पुरुशोत्तम तिमल्सिना स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सिना, सहसम्योजक सरस्वति सिस, साथै बेथानचोक गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य चौकी प्रमुख, आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

मानसिक स्वास्थ्य मानव जीवनको मौन पीडा र अदृश्य घाउसँग जोडिएको संवेदनशील विषय हो। यस प्रकारका कार्यक्रमहरूले पीडालाई आवाज दिने, निराशालाई आशामा रूपान्तरण गर्ने र जीवनप्रति विश्वास पुनःस्थापित गर्ने महत्वपूर्ण भूमिका खेलेको छ ।
समुदाय, राज्य र नागरिकबीचको सहकार्यले मात्र मानसिक स्वास्थ्य प्रवर्धन र आत्महत्या रोकथामको दिगो आधार निर्माण गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्दछौं ।

आगामी दिनहरूमा पनि जनस्वास्थ्य प्रवर्धनका यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै मानसिक रूपमा स्वस्थ, सचेत र सशक्त समाज निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न